कोरियामा ग्याल्पो लोसार जनवरी २५ मा मनाउदै - Informative Sherpa Portal

Informative Sherpa Portal

Linking Community Online

Breaking

Home Top Ad

Post Top Ad

Monday, January 6, 2020

कोरियामा ग्याल्पो लोसार जनवरी २५ मा मनाउदै

काठमाडौँ – शेर्पा संघ दक्षिण कोरियाले यस बर्षको ग्याल्पो लोसार जनवरी २५ तारिख मनाउने तयारी भएको छ  ।  शेर्पा संघ दक्षिण कोरियाले जनवरी २५ मा च्याक फो चिवा लो २१४७ औं लोसार मनाउन लागिएको संघका अध्यक्ष आङ पासाङ शेर्पाले बताउनु भयो ।

‘भाषा, लिपी, मैलिक चाडवाड हाम्रो पहिचान, संस्कृति परम्परा संरक्षण र विकास गर्ने हाम्रो अभियान’ भन्ने नाराका साथ साँस्कृतिक कार्यक्रमका साथ मनाउने तयारी भएको अध्यक्ष शेर्पा जनाकारी दिनु भयो । लोसारको तिथि भने फ्रेब्रुवरी २५ मा भएपनि कोरियामा जनवरी २५ कोरियन नयाँ बर्ष सलनालको बिदा भएकोले यसै मितिमा मनाउने भएको उहाँले बताउनु भयो ।

लोसार कार्यक्रम स्थान सउलको साङ्सु स्टेशन (Sangsu Station) नजिकै प्रिमियम फेमेली बफे (Premium Family Buffet)  मा रहेको छ ।
लोसारको सांगीतिक कार्यक्रममा डिजे एपी तेन्जिङ शेर्पा लगायत अन्य कलाकारहरूको बेजोड प्रस्तुति रहने आयोजक शेर्पा संघले बताउनु भएको छ ।  साँस्कृतिक पर्वमा यहाँ रहेको सम्पूर्ण नेपालीहरू तथा संघसंस्थाहरूलाई  उपस्थित भै दिनु हुन  निमन्त्रणा समेत आयोजकले गर्नु भयो ।



from Sherpa media Group Nepal https://ift.tt/2MYpFII

No comments:

Post a Comment

Pages