MCC सम्झौता यथा अवस्थामा लागु नगराउन नेपाली समाज जापानकाे माग - Informative Sherpa Portal

Informative Sherpa Portal

Linking Community Online

Breaking

Home Top Ad

Post Top Ad

Tuesday, January 7, 2020

MCC सम्झौता यथा अवस्थामा लागु नगराउन नेपाली समाज जापानकाे माग

फुर्वा शेर्पा /8 जनवरी ,जापान
नेपाल सरकार र अमेरिकी सस्था Millennium Challenge Corporation (MCC) बीच भएको सम्झौताबारे समाजवादी पार्टी को प्रवास समिति नेपाली समाज को गम्भीर ध्यानाकर्षण भएको भन्दै एक बिज्ञप्ति प्रकाशन गरेकाे छ ।

सन् २०१७सेप्टेम्बर १४ तारिख MCC अनुदान सहयोग सम्झौता पत्रमा उल्लेखित बुंदाहरु नेपालको संविधानसंग बाझिएका,नेपालको सार्वभौमसत्ता माथि आँच पुग्ने खालका र राष्ट्रिय सुरक्षा नीति (National Security Interest ) विपरित भएको हुँदा MCC सम्झौता यथा अवस्थामा लागु नगर्न र नगराउन नेपाल सकारसंग नेपाली समाज जापान जोडदार माग गर्दछ बिज्ञप्तिमा उल्लेख छ ।

अध्यक्ष सरिता ढकाल र महासचिव शिशिर निङ्लेकु लिम्बुद्वारा हस्ताक्षरित बिझप्तिमा नेपाल र अमेरिका बीच आपसी अनुदान, आर्थिक सहयोग र प्राबिधिक सहयोग प्रचलित कानून प्रदद्द सहयोग लिने दिने पक्षलाइ नेपाली समाज जापान हार्दिकताका साथ् सम्मान र प्रसंसा गर्दछ । MCC  सम्झौता र हिन्द प्रशान्त शैनिक रणनिति ( Indo-pacific strategy )यी दुइ फरक -फरक प्रकृतिका हुन् भनि अमेरिका सरकारले औपचारिक रुपमा पुष्टि नगरे सम्म नेपाल सरकारले सम्झौता गरेमा त्यस बाट नेपाल र नेपाली जनता माथि पर्ने असरको जिम्मेदारी अहिलेको ओली सरकारले लिनु पर्दछ भन्ने नेपाली समाज जापान को निष्कर्षमा लेखिएकाे छ   ।
 
राष्ट्रिय स्तरको आयोजनाहरु र दुइ वा सो भन्दा बढी देश सम्मिलित आयोजनाहरु नेपाल सरकारले सम्झौता गर्दा नेपालको सबै राजनीतिक दलहरु र सरोकारवालासंग परिपक्क छलफल गरेर मात्र सम्झौता गर्नुपर्ने छ ।
अन्यथा सन् १९५० को जस्तो आत्माघाती सम्झौता हुन गइ पछुताउनु पर्नेअवस्था आउन सक्ने भएकाले यस सवालमा नेपाल सरकार लाइ चनाखो रहन समेत आग्रह गरेकाे छ
 
 
    

The post MCC सम्झौता यथा अवस्थामा लागु नगराउन नेपाली समाज जापानकाे माग appeared first on .



from https://ift.tt/2FsYiT1

No comments:

Post a Comment

Pages