पर्यटनमन्त्री योगेश भट्टराईले अस्ट्रेलियामा गरे देशकै बेइज्जत, भ्रमण वर्ष र्‍याली रोक्न प्रहरीको निर्देशन - Informative Sherpa Portal

Informative Sherpa Portal

Linking Community Online

Breaking

Home Top Ad

Post Top Ad

Tuesday, January 7, 2020

पर्यटनमन्त्री योगेश भट्टराईले अस्ट्रेलियामा गरे देशकै बेइज्जत, भ्रमण वर्ष र्‍याली रोक्न प्रहरीको निर्देशन

काठमाडौं । नेपाल भ्रमण वर्षको प्रचार प्रसार गर्न अस्ट्रेलिया पुगेका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराई सहभागी कार्यक्रमको गतिविधिले देशकै बेइज्जत गरेको छ । सिड्नीस्थित ओपेरा हाउसको आँगनमा नेपाल भ्रमण वर्ष २०२०को शुभारम्भ कार्यक्रम सकिएपछि निकालिएको मन्त्री भट्टराईसहित सहभागी र्‍यालीलाई त्यहाँको प्रहरीले रोकिदिएको छ । र्‍याली निकाल्न स्वीकृति नलिएको भन्दै प्रहरीले रोकिदिएको हो । मन्त्रीसहित सहभागी कार्यक्रमलाई प्रहरीले रोक्नु भनेको लज्जाको विषय हो ।

ओपरा हाउसको आँगनमा अष्ट्रेलियाली प्रतिनिधिसहितको भ्रमण वर्षको औपचारिक कार्यक्रम सकिएपछि मन्त्री भट्टराईसहित सहभागीहरूले नेपालको झन्डा र भिजिट नेपालको ब्यानर बोकेर र्‍यालीसहित ओपेरा हाउसतिर गएपछि प्रहरीले रोकेको हो । ओपेरा हाउसभित्र झन्डा, ब्यानर लैजान पहिला नै स्वीकृति लिनु पर्ने भए पनि नेपाली पक्षले स्वीकृति नलिएका प्रहरीले रोकिदिएको हो । प्रहरीले रोकेपछि झण्डा र भ्रमणको वर्षको ब्यानर बाहिरै फ्यालेर उनीहरु ओपेरा हाउसभित्र गएका हुन् ।

सो क्रममा नेपालका लागि अष्ट्रेलियाली राजदूत महेशराज दाहाल सहभागी थिए । मन्त्री जस्तो गरिमामय व्यक्ति सहभागी कार्यक्रमका लागि स्वीकृति नलिनु र स्वीकृति नलिएको स्थानमा जान खोज्नु दुवै मुलुकको लागि अहितको कुरा हो । देशकै प्रतिनिधित्व गरेर गएका मन्त्री भट्टराई र नेपालको प्रतिनिधि भएर बसेका राजदूत दाहालले यसबारे ध्यान नदिँदा नेपालले लज्जाबोध गर्नुपरेको छ । नेपालको झण्डा बाहिरै राखेर ओपेरा हाउस प्रवेश गरेका मन्त्री भट्टराईसहित अधिकारीहरू ओपेराभित्र गएर फोटो खिचेर फर्केका थिए।

The post पर्यटनमन्त्री योगेश भट्टराईले अस्ट्रेलियामा गरे देशकै बेइज्जत, भ्रमण वर्ष र्‍याली रोक्न प्रहरीको निर्देशन appeared first on .



from https://ift.tt/37GM59k

No comments:

Post a Comment

Pages