अनेसास बेस्ट च्याप्टर अवार्ड अनेसास जापानलाई - Informative Sherpa Portal

Informative Sherpa Portal

Linking Community Online

Breaking

Home Top Ad

Post Top Ad

Tuesday, January 7, 2020

अनेसास बेस्ट च्याप्टर अवार्ड अनेसास जापानलाई

८ जनवरी/जापान
अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजले प्रत्येक दुई बर्षमा प्रदान गर्दै आएको अनेसास सर्वोत्कृष्ट च्याप्टर पुरस्कार यो बर्ष अनेसास जापान च्याप्टरलाई प्रदान गरिने निर्णय गरिएको छ।

नगद ५०० अमेरिकी डलरको सो पुरस्कारका लागि च्याटरहरुबाट प्राप्त जानकारीका आधारमा जापान च्याटरले सबैभन्दा बढी अंक पाएको हो । केन्द्रीय कार्यसमितिले दुई बर्षको च्याटरहरुले गरेका गतिविधि तथा कार्यक्रमहरुको जानकारीका लागि आह्वान गरेको थियो।

अनेसासका अध्यक्ष राधेश्याम लेकालीको अध्यक्षतामा बसेको केन्द्रीय कार्यसमितिको बैठकले सो निर्णय गरेको हो ।

च्याटर अवार्ड यही जनवरी १०-१२ २०२० मा जापानमा हुने तेश्रो अन्तर्राष्ट्रिय अनेसास च्याप्टर सम्मेलनमा प्रदान गरिनेछ । डा. कुमार बस्नेतको कार्यकाल ( 2003-05 ) र प्रकाश माइलाको कार्यकाल ( 2011-13 ) मा पनि जापानले बेस्ट च्याप्टर अवार्ड प्राप्त गरेको थियो । यस पटकको अवार्ड दीप पाठकको कार्यकाल ( 2017-19 ) मा गरेको गतिबिधीलाई मुल्यान्कन गरेर दिइएको हो ।

The post अनेसास बेस्ट च्याप्टर अवार्ड अनेसास जापानलाई appeared first on .



from https://ift.tt/2QyDa44

No comments:

Post a Comment

Pages