सडक देखी हवाई यातायात सम्म ठप्प, जनजीवन कष्टकर - Informative Sherpa Portal

Informative Sherpa Portal

Linking Community Online

Breaking

Home Top Ad

Post Top Ad

Monday, January 6, 2020

सडक देखी हवाई यातायात सम्म ठप्प, जनजीवन कष्टकर

सोलुखुम्बु : निरन्तर परेको हिमपातले अबरुद्ध ओखलढुंगा जन्तरधाप, सल्लेरी फाप्लु सडक खण्ड आंशिक रुपमा खुलेको छ । शुक्रबार देखी परेको हिमपातका कारण जिल्लालाई संघिय तथा प्रदेश राजधानी जोड्ने उक्त सडक खण्ड शनिबार दिउँसो खुलेको भएपनि साँझ पख पुन अबरुद्ध बनेको थियो ।

शनिबार दिउँसो शिद्धिचरण नगरपालिका ओखलढुंगा र सोलुदुधकुण्ड नगरपालिकाको जेसिबीले सडक खुलाएका थिए । साँझ करिब ५ बजेतीर १५ वटा जति जीप ओहोरदोहोर गरेपछि पुन हिमपात हुँदा अबरुद्ध बनेको ट्राफिक प्रहरी नारायन बहादुर बस्नेतले जानकारी दिनुभयो । आईतबार बिहानै देखी सोलुदुधकुण्ड नगरपालिकाको जेसिबीले सडकको हिउँ पन्छाएर सडक खुलाएको प्रहरीले जनाएको छ । सडकमा आईस जमेका कारण चिप्लो हुने भएकाले सावधानी अपनाउँनुपर्ने सोलुखुम्बुका प्रहरी निरिक्षक एवम् सुचना अधिकारी महेन्द्र दर्नालले बताउनुभयो ।

आईतबार दिउँसो आंशिक रुपमा सडक खुलेको भएपनि सावधानी भने अपनाउनुपर्ने उहाँको भनाई । हिमपात भएपछि उच्च हिमाली क्षेत्रको जनजीवन भने कष्टकर बनेको छ । चिसोबाट बिशेष गरि बुढाबुढी, केटाकेटी र पशुपन्छी प्रभावीत बनेका छन् । अत्याधिक हिउँकै कारण बस्तुलाई आवश्यक घाँस समेत संकलन गर्न नसकिएको नाम्चेका लामाकाजी शेर्पाले बताउँनुभयो । यस्ता समयमा मौसमी रोगको संभावना उच्च हुने भएकाले न्यानो गरि बस्न तथा झोलीलो खानेकुरा खान चिकित्सकले सुझाव दिएका छन् ।

हवाई सेवा ठप्प ।

हिमपात संगै मौसम प्रतिकुल हुँदा हवाई सेवा समेत अबरुद्ध बनेको छ । जिल्लाको तेञ्जिङ हिलारी बिमानस्थल लुक्ला र फाप्लु बिमानस्थलमा आज कुनैपनि उडान तथा अवतरण हुन नसकेको नागरिक उड्डयान प्राधिकरण फाप्लुले जनाएको छ ।

आज बिहान सवा ९ बजे काठमान्डौ फाप्लुको उडान तालिका भएको नेपाल एयरलाईन्सको बिमान पत्ताले क्षेत्र पार गर्न नसक्दा पुन काठमान्डौनै फर्केको नागरिक उड्डायन प्राधिकरण फाप्लुका प्रमुख प्रकाश शर्माले जानकारी दिनुभयो । हवाई सेवा अबरुद्ध हुँदा जिल्ला अस्पताल फाप्लुमा उपचार संभव नभएपछि काठमान्डौ लैजाने बिरामीलाई समस्या भएको बताईएको छ ।

टेलिफोन सेवा अवरुद्ध ।

सोलुखुम्बुको खुम्बु क्षेत्रमा बिहिबारबाट निरन्तर परेको हिमपातका कारण टेलिफोन सेवा अबरुद्ध बनेको छ । नेपाल टेलिकमको लेण्डलाइन, सिडिएम ए र नमस्ते फोन सेवा अबरुद्ध बनेको हो । लुक्ला, चौँरीखर्क, नाम्चेमा विहिबार देखि परेको हिउँ अझै नरोकिएको लुक्लाका स्थानीय तोया श्रेष्ठले जानकारी दिनुभयो ।

यता नेपाल टेलिकम ओखलढुङगाका इन्जिनियर राम सरोज यादबले हिमपात बढि भएकाले ब्याकप पावरले काम नगर्दा समस्या आएको बताउँनुभयो । मौसम नखुलेकोले तत्काल समसया समाधान गर्न नसक्ने उहाँको भनाई छ ।

-solu online

The post सडक देखी हवाई यातायात सम्म ठप्प, जनजीवन कष्टकर appeared first on .



from https://ift.tt/36upQ6b

No comments:

Post a Comment

Pages