भोली बौद्ध क्षेत्रमा चक्काजाम हुने - Informative Sherpa Portal

Informative Sherpa Portal

Linking Community Online

Breaking

Home Top Ad

Post Top Ad

Tuesday, July 3, 2018

भोली बौद्ध क्षेत्रमा चक्काजाम हुने


लामो समयदेखि सडक निर्माण नभएको भन्दै चाबहिलका स्थानीयले (जोरपाटी, सुन्दरीजल, जोरपाटी(साँखु खण्डको सडकमा चक्का जामको घोषणा गरेको छ । समता मानव अधिकार तथा नागरिक समाजले २०७२ सालदेखि सम्झौता गर्ने ठेकेदारले हालसम्म काम नगरेको भन्दै बाटो बन्द गर्ने निर्णय गरेको हो । असार २० गते वुधबार चक्काजाम गर्ने घोषणा भएको हो । जनताको स्वास्थ्यमा प्रभाव पार्नेगरी निर्माण कार्य रोकिएको भन्दै दवाव स्वरुप चक्का जामको घोषणा गरेका ह्ुन् । पानी पर्दा हिलो र घाम लाग्दा धुलोको सिकार हुनुपरेको भन्दै आन्दोलनमा स्थानीय उत्रने भएको हो ।
गत शुक्रबार र शनिबार यस क्षेत्रका स्थानीयले सडकमा उत्रिएर सडक निर्माणका लागि दवाव दिन कार्यक्रम गरेका थिए । शुक्रबार सडक कविता वाचन गरिएको थियो भने शनिबार विरोध सभाको आयोजना भएको थियो। त्यति मात्र होइन सडकमा नै रोपाई समेत गरेर सरकारको ध्यानर्षण गराएको थियो ।



from DakpiKhabar.com https://ift.tt/2lNVWEu

No comments:

Post a Comment

Pages