अत्यधिक रक्तस्रावले सुत्केरीको मृत्यु - Informative Sherpa Portal

Informative Sherpa Portal

Linking Community Online

Breaking

Home Top Ad

Post Top Ad

Sunday, July 8, 2018

अत्यधिक रक्तस्रावले सुत्केरीको मृत्यु

ओखलढुंगा — अत्यधिक रक्तस्रावले यहाँको खिजिदेम्बा-९, पात्लेकी २१ वर्षीया छोटिन शेर्पाको मृत्यु भएको छ । वडाभित्रै स्वास्थ्य चौकी नहुँदा उनलाई आइतबार बिहान घरमै सुत्केरी गराइएको थियो । सामान्य अवस्थामै बिहान सात बजेतिर छोरी जन्माएकी भए पनि करिब ३ घण्टासम्म सालनाल निस्कन सकेन ।

गाउँमा भएको स्वास्थ्य इकाईका अनमीको सहयोगमा उनको सालनाल निकालिएको थियो। तर, दिउँसोदेखि भएको रक्तस्राव नरोकिएपछि उनको मृत्यु भएको स्थानीय स्वास्थ्य स्वयंसेवीका आङफूर्लु शेर्पाले बताइन्।

नजिक स्वास्थ्यचौकी लैजानका लागि खिजीफलाँटे बजार ४ घण्टा टाढा छ। आमा र बच्चा दुवैलाई बोकेर लाने कोसिस गरे पनि निरन्तर परेको झरीले घरमै राखिएको थियो। छोटिनले पहिलो सन्तानको रुपमा छोरी जन्माएकी थिइन्। शिशुको स्वास्थ्य अवस्था भने सामान्य रहेको छ।

Kantipur



from Online Nepali News, Himali News, Himali sandesh, Live News, Video, Online News https://ift.tt/2zkgAp5

No comments:

Post a Comment

Pages