सुरुङवाट लडेर अपर सोलु हाईड्रोमा कार्यरत एकको मृत्यु - Informative Sherpa Portal

Informative Sherpa Portal

Linking Community Online

Breaking

Home Top Ad

Post Top Ad

Monday, July 16, 2018

सुरुङवाट लडेर अपर सोलु हाईड्रोमा कार्यरत एकको मृत्यु

३२ असार/सोलुखुम्बु समाचार – सोलुखुम्बुमा निर्माणाधिन अपर सोलु हाईड्रो पावर कम्पनीको सुरुङबाट खसेर १ जना मजदुरको मृत्यु भएको छ । हाइड्रोपावरको सुरुङ भित्र काम गर्ने क्रममा २२ बर्षिय राहुल सोनाहाको मृत्यु भएको हो ।

बर्दियाको मधवन नगरपालिका ३ का राहुल आइतबार विहान ११ बजेतिर ठाडो सुरुङमा चिप्लिएर करिब दुई सय फिट तल खस्दा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ । टाउकोमा गहिरो चोट लागेर उनको मृत्यु भएको प्रहरीको भनाई छ ।

उनलाई अस्पताल पु¥याइएको भएपनि घटनास्थलमा नै मृत्यु भएको प्रहरी निरिक्षक हिरणकुमार यादवले बताए । अपर सोलु हाइड्रोको हालसम्मको काममा यस प्रकारको दुखद घटना नघटेको सम्पर्क अधिकृत प्रकाश दाहालले जानकारी दिए । घटनाले अन्य कामदारमा समेत मनोबैज्ञानिक असर परेको उनको भनाई छ ।
-solukhumbu samachar

The post सुरुङवाट लडेर अपर सोलु हाईड्रोमा कार्यरत एकको मृत्यु appeared first on Online Nepali News, Himali News, Himali sandesh, Live News, Video, Online News.



from Online Nepali News, Himali News, Himali sandesh, Live News, Video, Online News https://ift.tt/2Jrqbun

No comments:

Post a Comment

Pages