फोर्चे गुम्बाको पुनःनिर्माण कार्य सुरु - Informative Sherpa Portal

Informative Sherpa Portal

Linking Community Online

Breaking

Home Top Ad

Post Top Ad

Monday, July 30, 2018

फोर्चे गुम्बाको पुनःनिर्माण कार्य सुरु

सोलुखुम्बु, साउन १४ । २०७२ सालको महाभुकम्पबाट क्षतिग्रस्त फोर्चे गुम्बाको पुनःनिर्माण सुरू भएको छ । बौद्ध धर्मावलम्बिहरूको आस्थाको धरोहर रहेको फोर्चे ठाकरी छोलिङ गुम्बाको लामो समयपछि पुनःनिर्माण थालिएको हो ।
गुम्बा पुनःनिर्माणको काम साउनको पहिलो साताबाट सुरु भएको हो । एक बर्ष भित्र पुनःनिर्माण काम सक्ने लक्ष्य लिएको गुम्बा पुनःनिर्माण समितिका अध्यक्ष दावा ल्हामु शेर्पाले बताउँनुभयो ।
गुम्बा पुनःनिर्माणको लागि रु.४ करोड रकम आवश्यक पर्ने गुम्बा व्यवस्थापन समितिले जनाएको छ । पुन निर्माणको लागि अहिलेसम्म रु.१ करोड ४८ लाख संकलन भईसकेको गुम्बा व्यवस्थापन समितिका अध्यक्ष पेम्बा रिता शेर्पाले जानकारी दिनुभयो ।
जसमध्ये खुम्बु पासाङल्हामु गाउँ पालिकाबाट रु.१ करोड ९ लाख, सगरमाथा राष्ट्रीय निकुञ्ज मध्यवर्ती क्षेत्र ब्यबस्थापन समितिबाट रु.२१ लाख साठी हजार र स्थानियबासीहरूबाट रु.१८ लाख गरि जम्मा रु.१ करोड ४८ लाख संकलन भएको व्यवस्थापन समितिका अध्यक्ष शेर्पाको भनाई छ । “संकलित रकमबाट गुम्बाको मुल भवनको पुनःनिर्माण सकिन्छ ।” अध्यक्ष शेर्पाले भन्नुभयो, “गुम्बाको देवाङ, मनि ल्हाङ, डाईनिङ र किचन निर्माणको लागि अझै बजेट अभाव छ, बजेट खोज्ने क्रमपनि जारी छ ।”
गुम्बा पुनःनिर्माण हुनेभएपछि फोर्चेबासी हर्षित ।
गुम्बा पुनःनिर्माण हुने भएपछि स्थानिय बासीहरू हर्षित भएका छन् । बिगतमा अफ सिजनको समयमा काठमाण्डौ लगाएत अन्यत्र भ्रमणमा जाने फोर्चेबासीहरु गुम्बाको पुनःनिर्माण सुरुभएपछि गाउँमै बसेका छन् ।
गुम्बाको पुनःनिर्माणको लागि युवादेखी बृद्धबृद्धा समेत सक्रियरुपमा जुटेको गुम्बा व्यवस्थापन समितिका अध्यक्ष पेम्बा रिता शेर्पाले बताउँनुभयो ।

२०५२ सालमा निर्माण गरिएको उक्त गुम्बा धार्मिक र पर्यटकिय हिसाबले महत्वपुर्ण गुम्बा मानिन्छ । सगरमाथा सहितको अन्य हिमाल आरोहणका लागि आउने पर्यटक सोही गुम्बा हुदै जानेगर्छन् । नाम्चे देखी माथि पाङ्बोचेको बीचमा फोर्चे ठाकरी छोलिङ गुम्बा पर्छ ।
यहाँ दैनिक सयौको संख्यामा स्थानीय बौद्धधर्मावलम्बि तथा विदेशी पर्यटकहरुले अवलोन गर्नेगरेका छन् । धार्मीक तथा पर्यटकिय हिसाबले महत्व बोकेको गुम्बा भएकालेनै गाउँपालिकाबाट बजेट बिनियोजन गरि पुनःनिर्माणको कार्यमा सहयोग गरेको गाउँपालिका प्रबक्ता लाक्पा छिरि शेर्पाले बताउँनुभयो । शेर्पाले भन्नुभयो, “स्थानीयको सक्रियता हेर्दा सहयोग आवश्यक छ ।”
सामान ढुवानी मुख्य चुनौती ।
खुम्बु पासाङल्हामु गाउँपालिकामा निर्माणका सामाग्री ढुवानीनै मुख्य चुनौती बन्ने गरेको छ । सडक यातायात समेत पुग्न नसकेको उक्त गाउँपालिकामा निर्माणका सामाग्री ढुवानीको एकमात्र बिकल्प हेलिकप्टर च्याटर रहेको छ ।

यसरी हेलिकप्टर च्याटर गर्दा प्रतिकेजी पाँच सय रुपैया सम्म ढुवानी शुल्क लाग्छ, गुम्बा पुनःनिर्माण समितिका अध्यक्ष दावा ल्हामु शेर्पाले भन्नुभयो, “काठमान्डौ देखी सामान ल्याउँदा हेलिकप्टरको प्रयोग गर्नुपर्छ, ढुवानीमै समस्या छ ।”
श्रोत सोलु एफ एम

The post फोर्चे गुम्बाको पुनःनिर्माण कार्य सुरु appeared first on Online Tourism News, Himali News, Himali sandesh, Live News, Video, Online News.



from Online Tourism News, Himali News, Himali sandesh, Live News, Video, Online News https://ift.tt/2K91vXL

No comments:

Post a Comment

Pages