न्युयोकमा दोस्रो आदिवासी चलचित्र महोत्सव २०१८ हुदै - Informative Sherpa Portal

Informative Sherpa Portal

Linking Community Online

Breaking

Home Top Ad

Post Top Ad

Thursday, July 12, 2018

न्युयोकमा दोस्रो आदिवासी चलचित्र महोत्सव २०१८ हुदै

काठमाडौँ,आषाढ २८ । अमेरिकाको न्युयोकमा नेपाल आदिवासी जनजाती चलचित्र महोत्सव २०१८ यही भाद्र ३० र ३१ गते (september 15 to 16) माGULSHAN TERRACE मा हुने भएको छ ।
महोत्सव आयोजना गर्न आदिवासी जनजाती महासंघ अमेरिकाले संघका उपाध्यक्ष राज कुमार विष्टको संयोजकत्वमा २८ सदस्यि आयोजक समिति गठन गरेको छ । समितिले महोत्सव आयोजनाका लािग तयारी सुरु गरेको छ । 

विदेशी भुमिमा नेपालका आदिवासी जनजातीको भाषा, कला, सांस्कृति लोभ हुन नदिन र युवा पिडिमा भाषा, कला, सांस्कृतिको महत्व बारेमा जानकारी दिन महोत्सव आयोजना गर्न लागेको संयोजक राज कुमार बिष्टले जानकारी दिनुभयो । उहाँको अनुसार महोत्सवले एकअर्कामा भाइचाराको नाता कायम गर्न र मौलिक सांस्कृति संरक्षणमा महत्वपुर्ण भुमिका निभाउन सक्ने जानकारी भयो । जनजातीको पहिचान र नया पिडिहरुलाई प्रोत्सान दिने काम यस महोत्सवले गरेको संयोजक बिष्टले भनाइ रहेको छ ।
आदिवासी जानजाती महासंघ अमेरिकाले आयोजना गर्दैं आएको यो दोस्रो महोत्सव हो । यसलाई बार्षिक रुपमा आयोजना गरि विदेशी र विदेशमा रहेका नेपालीहरुमा जनजातीको पहिचान, भाषा, कला, संस्कृतिको बारेमा जानकारी दिन महत्वपुर्ण भुमिका रहने आयोजकले जानकारी दिएको छ । यसले लोप हुदै गरेको भाषा, कला, सांस्कृति संरक्षणमा मद्दत पुग्नेछ भने युवा पिडीलाई पहिचानको खोजी गर्नमा सहयोग मिल्नेछ ।
अमेरिकामा रहेका आदिवासी जनजातीहरुको जातिय संघसस्थाहरुले चलचित्र महोत्सव आयोजना गर्नमा सहयोग गरेको छ । जातिय संस्थाले २ दिने महोत्सवमा आफ्नो सांस्कृतिक नृत्य प्रस्तुत गर्ने संयोजक बिष्टले जानकारी दिनुभएको छ ।
नेपाल आदिबासी जनजाती चलचित्र महोत्सव २०१८ का मुल आयोजक समिति यस प्रकार रहेको छ ।

1. राज कुमार बिष्ट, संयोजक (बरिष्ठ उपाध्यक्ष, फिप्ना) तथा (अध्यक्ष) मुस्ताड़ किदुग यु.एस.ए

2. श्री ऊर्गेन शेर्पा, सदस्य (अध्यक्ष) युनाईटेड शेर्पा एशोसिएअशन यु.एस.ए.

3. श्री लक्यन लामा, सदस्य (अध्यक्ष) तामाड़ सोसाईटी अफ नोर्थ अमेरिका

4.श्री दावा ल्होब्बा ह्योल्मो, सदस्य (अध्यक्ष) ह्योल्मो सोसाईटी अफ अमेरिका

5. श्री छिरिड़ आड़टक गुरुड़, सदस्य ( बरिष्ठ उपाध्यक्ष ) मुस्ताड़ किदुग यु.एस.ए

6. श्री पदम गुरुड़, सदस्य (अध्यक्ष) गुरुड़ (तमु ) सोसाईटी अफ अमेरिका

7.श्री दिपेश लिम्बु, सदस्य (अध्यक्ष) किरात याक्थुम चुमलुड़ अमेरिका

8. श्री दावा छिरिड़ लामा, सदस्य (अध्यक्ष) वालुड़ किदुग नोर्थ अमेरिका

9.श्री .छिरिड़ राप्के लामा, सदस्य (अध्यक्ष) घ्याल्सुम्दो सेवा संस्था ईंक अमेरिका

10. श्री जयविर गुरुड़, सदस्य (अध्यक्ष) मनाड़ समाज यु.एस.ए

11. श्री निमा शेर्पा, सदस्य (अध्यक्ष) शेर्पा संघ अमेरिका

12.श्रीमती मुना राई, सदस्य (उपाध्यक्ष) युनाइटेड किराँत राई अर्गनाईजेसन अमेरिका

13 श्री कुलदीप राना मगर, सदस्य (अध्यक्ष) मगर संघ अमेरिका

15.श्री लाक्पा शेर्पा, सदस्य (अध्यक्ष)ढोक्प्या किदुग यु.एस.ए

16. श्री धर्मेन्द्र गोपाली, सदस्य (अध्यक्ष) नेवा गुठी न्युयोर्क

17.श्री केशब राम राई, सदस्य (अध्यक्ष) युनाइटेड किरात राई अर्गनाईजेसन अमेरिका न्युयोर्क च्याटर

18. गोमा योञ्जन,, सदस्य (अध्यक्ष) तामाड़ सोसाईटी अफ नोर्थ अमेरिका, न्युयोर्क च्यापटर

19. सुश्री सुन्दरी गुरुड़, सदस्य (अध्यक्ष) नेपाल आदिबासी जनजाति महासंघ अमेराका न्युहम्सर च्यापटर

20. श्री ग्याल्बो ठकुरी, सदस्य (अध्यक्ष) नुपरी एशोशियसन अमेरिका

21.श्री कर्म ग्याचो, सदस्य (अध्यक्ष) युनाईटेड मुगुम अर्गनाईजेसन अफ अमेरिका

22.श्री खगेन्द्र राई ,सदस्य
(उपाध्यक्ष) किरात राई सोसाईटी अफ अमेरिका

23.श्री भारती राई, सदस्य (अध्यक्ष) किरात राई सोसाईटी अफ अमेरिका न्युयोर्क च्यापटर

24.श्री देब किराँत राई, सदस्य (अध्यक्ष) नेपाल आदिबासी जनजाति महासंघ अमेरिका, क्यालिफोर्निय च्यापटर

25.श्री सुमन पुन, सदस्य (अध्यक्ष) मगर संघ अमेरिका न्युयोर्क च्यापटर

26. श्रीमति बिणु हिराचन,सदस्य
( महासचिव) मार्फा थकाली समाज यु.एस.ए

27. श्री डम्मरजंग गुरुड़ (अध्यक्ष ) तमु परिवार न्युयोर्क

आमन्त्रित
28. श्री सुमन बुढा मगर
( अध्यक्ष ) नेपाली अमेरिकन कलाकार संघ नोर्थ अमेरिका

The post न्युयोकमा दोस्रो आदिवासी चलचित्र महोत्सव २०१८ हुदै appeared first on Online Nepali News, Himali News, Himali sandesh, Live News, Video, Online News.



from Online Nepali News, Himali News, Himali sandesh, Live News, Video, Online News https://ift.tt/2NK9CNi

No comments:

Post a Comment

Pages