महिला सशक्तीकरणका लागि खुम्बु पासाङ ल्हमु गाउँ पालिकाद्वारा महिला समूह गठन - Informative Sherpa Portal

Informative Sherpa Portal

Linking Community Online

Breaking

Home Top Ad

Post Top Ad

Tuesday, July 3, 2018

महिला सशक्तीकरणका लागि खुम्बु पासाङ ल्हमु गाउँ पालिकाद्वारा महिला समूह गठन

खुम्बु पासाङ ल्हमु गाउँ पालिका अन्तरगत महिला समूह गठनलाई तीब्रता दिएको छ । गाउँ पालिका तीनका साविको वड अनुसार महिला समूह गठन गरिएको हो । चौरिखर्क ५ अर्थात गाउँ पालिका ३ जम्फुटेमा याङ्जि शेर्पाको अध्यक्षतामा ११ कार्यसमिति गठन गरिएको छ । गाउँ पालिका तीनका महिला सदस्य दालह्मु शेर्पा प्रमुख उपस्थित र गाउँ पालिकाका लेखापाल चेतनाथ कट्टेलको बिशेष उपस्थितमा समूह गठन गरिएको हो ।

गाउँ पालिका तीन जम्फुटे स्थित ह्याप्पी रेष्ट रेष्टुरेन्टमा गुमेला, टोकटोक, ङोम्बातेङ र जम्फुटेका स्थानीय महिलाहरूको सहभागितामा गठन भएको महिला समुहलाई सगरमाथा महिला समूह नामाकरण गरिएको छ । स्थानीय महिलाहरूलाई अात्मानिरभरता गराउने उदेश्यका साथ गठन भएको समुहले शिक्षा, स्वास्थ, रोजगारी, सम्बन्धि सचेतना मुलक कार्यक्रम अायोजना गर्नुपर्ने महिला सदस्य दाल्हमु शेर्पाले बताउनु भयो । त्यास्तै समुहको माग र कार्यक्रम अनुसार गाउँ पालिकाबाट योजनाहरू पारित गरि सहयोग गर्ने पनि गाउँ पालिका ३ का महिला सदस्य शेर्पाले प्रतिबद्धता गर्नुभयो । गाउँका अशिक्षित महिलालाई सीपमूलक तालिम सञ्चालन गर्ने र अन्तारिक तथा बाह्य पर्यटन विकाशका लागि समेत समुहले कार्यक्रम गर्ने योजना छ । त्यस्तै निविरोध अध्यक्ष चयन भएको समुहका अध्यक्ष ल्हाक्पा याङ्जी शेर्पाले समुहको उदेश्य पूरा गर्न सबैको साथ सहयोग अावस्यक रहेको भन्दै सबैलाई अाग्रह गर्दै वर्ड ३ कै नमुना समूह भनाउने उहाँले प्रतिबद्ध व्यक्त गर्नुभयो । समुहमा सचिबमा ङिमा याङ्जी शेर्पा कोष अध्यक्षमा दाली शेर्पा निविरोध चयन भएको हो ।

गाउँ पालिका तीनमा सावको वर्ड अनुसार महिला समुहहरू गठन भईरहेेको लेखापाल चेतनाथ कट्टेलले जनाकारी दिनु भयो ।



from Online Nepali News, Himali News, Himali sandesh, Live News, Video, Online News https://ift.tt/2tQI6Wh

No comments:

Post a Comment

Pages