थोले देम्बा पर्यटन महोत्सव भाषणमा मात्रै सिमित - Informative Sherpa Portal

Informative Sherpa Portal

Linking Community Online

Breaking

Home Top Ad

Post Top Ad

Tuesday, July 3, 2018

थोले देम्बा पर्यटन महोत्सव भाषणमा मात्रै सिमित

रामेछाप,सिन्धुली,उदयपुर,खोटाङ र सोलु जिल्लाको बिचमा पर्ने ओखलढुंगा जिल्लाकै सबैभन्दा अग्लो भूभाग भनिएको ‘थोलेदेम्बा महोत्सव’को तामझाम कम्तिको थिएन । राष्ट्रपति विद्यादेवी भण्डारी उद्घाटन गर्न अाए उनलेे पर्यटनकीय गन्तव्य बनाउने सरकारले सहयोग गर्ने घोषण गरे महोत्सवको उदेश्य एक पटक मात्रै नभएर निरन्तर ३ वर्षसम्म गरेर पर्यटकीय केन्द्र बनाउने उदेश्य पुरा हुन सकेन पर्यटकीय पदमार्ग बनाउने र वर्षेनी हजारौं पर्यटक भित्र्याउने भाषण महोत्सव अवधिका लागि मात्र भयो । यसवर्ष महोत्सवले निरन्तरता पाएन । थोलेदेम्बामा भ्युटावर निर्माण गर्ने कुरा राजनीति निकाय हरुले मन्चमा टाउकै फुट्ने गरि भाषण गरियो तर यी भाषण महोत्सव अवधिका लागि मात्र भयो
यी केही उदाहरण मात्र हुन् ।अझ राष्ट्रपति विद्यादेवी भण्डारी थोलेदेम्बा 3150 मि.उचाइमा पुगेको चर्चा देशभरि भयो जिल्लामा भएका यस्ता साना ठूला महोत्सवहरु प्रायः एकपटक आयोजना भएपछि दोहोरिन सकेका छैनन् । दोहोरिएपनि त्यसले भव्यता पाउन सकेको छैन । औपचारिकताका लागि मात्र कार्यक्रम गरिएका छन् । यसको मूल कारण आयोजना गर्दाको ऋण तिर्न नसक्नु, आयोजकभित्रै दोषारोपण गर्नु रम पार्टीगत रुपले जस लिने तहमा थोलेदेम्बा महोत्सवका आयोजकहरु बिचमा त आयव्यय विवाद अझै अन्त्य भएको छैन । जिल्लाका सांसदहरुले आयव्यय विवरण सार्वजनिक गर्दा समेत आयोजक समितिका पदाधिकारीबिचकै किचलोले अर्को महोत्सव आयोजना गर्ने कल्पना गर्न नसकेको स्थानीयहरुको भनाइ छ
महोत्सवको बेला मन्त्री र संसददेखि स्थानीय सम्मले सहयोग रकम उद्घोष गर्ने गर्छन् । तर कुन महोत्सवमा कति रकम संकलन भयो, कति खर्च भयो भन्ने विवरण चुस्त दुरुस्त तथा पारदर्शी ढंगले सार्वजनिक गरेका छैनन् । अन्धाधुन्धमा महोत्सव गर्ने परिपाटीले लक्ष्य अनुसार निरन्तरता पाउन नसकेको सरोकारवाला निकाय हरुको भनाई छ । यश अघि पनि विभिन्न महोत्सवहरुको अायोनना गरियो । विगतमा भएको पोकोली झरना, ककनी र रुम्जाटार महोत्सवहरुको अायोजनाले यस् क्षेत्रमा अान्तारिक एवम् बाह्य पर्यटन प्रवर्दन होस् भन्ने हेतुले महोत्सव गरिएको भएता पनि ती महोत्सवहरुले पर्यटन प्रवर्दनमा खासै उल्लेखनीय भूमिका निर्वाह गर्न नसकेको कुरा सबै सामु छर्लङ्ग छ

जिल्लाभित्र रहेका हालका आठैवटा स्थानीय तहले सम्भावनाको रुपमा आफ्नो स्थानीय तहभित्र पर्यटन विकासलाई उल्लेख गरेका छन् । केही बजेट समेत विनियोजन गरेका छन् । भौगोलिक हिसाबले सोलुखुम्बुसंग जोडिएको जिल्ला भएकोले ‘सगरमाथाको प्रवेशद्वार’ को रुपमा लिइने गरिन्छ । तर पोकोली-थोलेदेम्बा-पिके गन्तव्य भविष्यमा नेपालको मुख्य पर्यटन गन्तव्य स्थलको जस्तै सम्भावना बोकेको पर्यटन स्थल र्प्रवद्र्धन गर्ने किसिमको अपेक्षित काम हुन सकेको छैन ।



from Online Nepali News, Himali News, Himali sandesh, Live News, Video, Online News https://ift.tt/2NkP6Tu

No comments:

Post a Comment

Pages