खिजिदेम्बा गाउँपालिकाको गाउँ सभा सम्पन्न निति तथा कार्यक्रम सार्वजनिक - Informative Sherpa Portal

Informative Sherpa Portal

Linking Community Online

Breaking

Home Top Ad

Post Top Ad

Saturday, July 14, 2018

खिजिदेम्बा गाउँपालिकाको गाउँ सभा सम्पन्न निति तथा कार्यक्रम सार्वजनिक

शेरसाङ्गे शेर्पा खिजिदेम्बा ओखलढुंगा जिल्लाको पश्चिमी भेगमा अवस्थित खिजिदेम्बा गाउँपालिकाको गाउँ सभा सम्पन्न भइ निति तथा कार्यक्रम सार्वजनिक गरिएको छ। खिजिदेम्बा गाउँपालिकाले चालू आर्थिक वर्ष 075/76 को लागि लागि 25 करोड 75 लाख 39 हजार बराबरको बजेट सार्वजनिकिकरण गरिएको छ। जस अन्तर्गत ससर्त तर्फ-11 करोड 77 लाख र निसर्त तर्फ 6 करोड 32 लाख,संघीय बाट प्राप्त राजस्व 5 करोड 20 लाख,सवारी साधन कर 28 लाख 9 हजार,निसर्त अनुदान 3 करोड 29 लाख 90 हजार,अन्तरिक राजस्व 18 लाख,नगद मौज्दात 1 करोड 67 लाख 1 हजार सहितको बजेट विनियोजन गरिएको छ। जस अन्तर्गत चालु खर्च तर्फ 5 करोड 48 लाख 39 हजार र पुजीगत खर्च तर्फ 20 करोड 27लाख रहेको खिजिदेम्बा गाउँपालिकाका उपाध्यक्ष सुशीला तामाङले बताउनुभयो।

खिजिदेम्बा गाउँपालिकाले नेपाल पत्रकार महासंघ ओखलढुंगाको भवन निर्माणका लागि 1 लाख 50 हजार अनुदान सहयोग देखि लिएर शिक्षक प्रोत्साहन भत्ता देखि थोलेदेम्बा प्रतिक्षालय,थोलेदेम्बा महोत्सव आर्थिक अनुदान सहायता र पिके थोलेदेम्बा आफ म्यारथुन दौडको लागि समेत अनुदान उपलब्ध गराइएको छा।खिजिदेम्बा गाउँपालिकाको लक्ष्य बिकास र सुन्दर भविष्य भन्ने मुख्य उदेश्यलाई 5 वर्षको कार्यकालसम्ममा सबै पूरा गर्न वडागत रूपमा वडा अध्यक्षहरुको सक्रिय भुमिका खेल्ने र पालिकाबाट गाउँकार्यपालिका प्रतिनिधि सहित सबैले सक्रिय रूपमा बिकास र समृद्धिको लागि कदम चल्ने खिजिदेम्बा गाउँपालिकाका अध्यक्ष बेद बहादुर रोकाले बताउनुभयो। गाउँपालिकाले सबैभन्दा बढी बजेट सडक बिस्तार र स्तरोन्नतिका लागि बजेट विनियोजन गरिएको बताइएको छ। गाउँ सभामा सार्वजनिक बजेट,निति तथा कार्यक्रममा सल्लाह सुझाव र मन्तव्य राख्दै शिक्षाप्रेमी अग्रज भलाराम सुनुवारले गाउँपालिकाले प्रस्तुत गरिएको बजेट, निति तथा कार्यक्रम अति महत्त्वपूर्ण भएता पनि त्यसको कार्यान्वयन पक्षमा जोड दिनुपर्ने बताउनुभयो।त्यस्तै गरि नेपाली कांग्रेसका प्रतिनिधि चन्दकन्ता सुनुवारले बजेट तथा निति कार्यक्रम सुन्न लायकको भएता पनि त्यसको कार्यान्वयन पक्षमा जोड दिन आग्रह गर्दै योजानाको कार्यक्रम हाम्रो पार्टी र उनीहरुको पार्टी नभनी सम्मान पहुँच बाट योजना समिति चयन गरि योजनाका कार्यक्रमहरु अघि बढाउनुपर्ने विषयमा सबैको ध्यानाकर्षण गराउनुभयो।सुनुवारले खिजिदेम्बा गाउँपालिकाले खिजिफलाटे बजार व्यवस्थापनमा दिन दिई सफा,स्वच्छ र हरभर बनाइ पर्यटन प्रबर्द्धन गर्ने वातावरण सृजना गर्नुपर्ने कुरामा समेत जोड दिनुभयो।

खिजिदेम्बाको बिकास र समृद्धि सबैको लागि पाठ सिक्ने विषय भएता पनि हामी जनताको मतले बिजय भएका जनप्रतिनिधिहरुले पक्षपत र नराम्रो कार्य गरेको बखतमा सम्मान गरेर ताली पड्काउने मात्र हैन जुत्ताको माला पनि लगाउनुपर्ने अवस्था सृजना गर्नुपर्ने बाध्यता हुने फुलमती माबी का शिक्षक रामप्रसाद गौतमले कडा रूपमा प्रस्तुत हुँदै चेतावनी दिनुभयो।

गाउँसभामासुरक्षाकर्मी,शिक्षाप्रेनी,बुद्धिजीवी,राजनीतिक दलका प्रतिनिधि,पत्रकार, स्थानीय वासिन्दाहरुको उपस्थिति रहेको थियो।

The post खिजिदेम्बा गाउँपालिकाको गाउँ सभा सम्पन्न निति तथा कार्यक्रम सार्वजनिक appeared first on Online Nepali News, Himali News, Himali sandesh, Live News, Video, Online News.



from Online Nepali News, Himali News, Himali sandesh, Live News, Video, Online News https://ift.tt/2NhUqWC

No comments:

Post a Comment

Pages