क्याब्जे ठुल्सिक रिम्पोचेका अवतारको भव्यताका साथ गद्दी आरोहण सम्पन्न - Informative Sherpa Portal

Informative Sherpa Portal

Linking Community Online

Breaking

Home Top Ad

Post Top Ad

Tuesday, June 26, 2018

क्याब्जे ठुल्सिक रिम्पोचेका अवतारको भव्यताका साथ गद्दी आरोहण सम्पन्न



सोलुखुम्बु । ङिङमा सम्प्रदायको प्रमुख क्याब्जे ठुल्सिक रिम्पोचेको आधिकारिक निर्माणकायी अवतार (टुल्कु)को सोलुखुम्बुस्थित थोप्तेन छोलिङ गुम्बामा भव्यताका साथ गद्दीआरोहण भएको छ ।

खोटाङस्थित हलेसी गुम्बाबाट हेलिकप्टरमार्फत आइपुगेका अवतारीलाई  फाप्लुमा भव्य स्वागत गरिएको थियो ।



अवतारीको गद्दीआरोहणमा ङिङमा सम्प्रदायका प्रमुख धर्म गुरु जटुल रिम्पोचे, शंशङ रिम्पोचे र चतुक्पा टुल्कुलगायत विभिन्न धर्मगुरुहरुको उपस्थिति रहेको थियो । अवतारीले रिम्पोचेको आफन्तहरु चिन्नुको साथै पहिला पहिला रिम्पोचेले प्रयोग गर्ने सबै सामानहरु पनि सजिलै चिनेका थिए।



कार्यक्रममा हजारौ श्रद्धालु भक्तजनहरु रिम्पोचेको अवतार स्वत स्फूर्त उपस्थित भएका थिए ।

ङिङमा सम्प्रदायको क्याब्जे ठुल्सिक रिम्पोचेको आधिकारिक निर्माणकायि अवतार ( टुल्कु)को पुष्टि सोलुखुम्बु बेनी गाविसास्थित थोप्तेन दोङका छोलिङ संघ ( गुम्बा)ले बुद्ध जयन्तीको साकादावा पुणिर्माको दिन गरेको थियो । क्याब्जे ठुल्सिक रिम्पोचेको केही वर्ष अघि काठमाडौमा देहवासन भएको थियो ।




थोप्तेन छोलिङ गुम्बाको संघले रिम्पोचेको अवतार पहिचान गरिदिन गत वर्ष ङिङमा सम्प्रदायको जेष्ठतम प्रमुख धर्म गुरु क्याब्जे ढोडुप रिम्पोचलाई निवेदन दिएका थिए । त्यही निवेदनको आधारमा क्याब्जे ढोङडुप रिम्पोचेले एक वर्षभित्रमा ठुल्सिक रिम्पोचेको अवतार पिता मारतिका लामाको बंशधारी लामा ङवाङ जिक्टल छोक्की वाङछुक र माता ओर्गेन डोल्माको कोखमा जन्मेको बालक भएको आधिकारिक पुष्टि गरेको हो । रिम्पोचेले अवतारको पहिचानको पुष्टि गरे लगतै संघलाई पत्र पठाएका थिए । अवतार पुष्टि लगतै नाबालक निर्माणकायि आवतारीलाई ढोङडुप रिम्पोचे समक्ष पुर्‍याएर मंगलिक पहिलो कपाल काटने ( टप्ची), दर्शन भेट र दिर्घायुको पुजा प्रार्थना गरेको थियो ।




नेपाल सरकारले अंगिकृत नागरिक प्रदान गरेको ठुल्सिक रिम्पोचेको अवतारको बारेमा यसअघि उनकै परिवारका नातेदार सोबेलाको इच्छामा आफ्नै बहिनीको छोरालाई अवतार हो भनी दलाई लामासम्म पुर्‍याएको घटनाले रिम्पोचेको सवै चेलाहरु, भक्तजनहरु र अनुयायीहरु निकै निराश बनेका थिए । त्यही घटना लगतै संघमा अवद्ध सवै भिक्षु भिक्षुणीहरुले सम्बन्धीत निकाय हुदै रिम्पोचेको आधिकारिक अवतार पहिचानको लागी सिक्किमस्थित ढोङडुप रिम्पोचे समक्ष निवेदन चढाएको थियो ।


from We Are Sherpa https://ift.tt/2tvFMUy

No comments:

Post a Comment

Pages