बौद्ध थरलाम गोन्पामा साग - Informative Sherpa Portal

Informative Sherpa Portal

Linking Community Online

Breaking

Home Top Ad

Post Top Ad

Monday, May 28, 2018

बौद्ध थरलाम गोन्पामा साग

नेपाल बौद्ध महासंघको वार्षिक कार्यक्रम अन्तर्गत मनाउँदै आएको सागा दावा पर्व यस वर्ष बौद्ध स्थित थरलाम गोन्पामा चारै हिमाली बौद्ध परम्पराका भिक्षु, श्रमणेर, श्रमणेरिकाहरूको व्यापक उपस्थितिमा दुई दिने विशेष पूजा कार्यक्रम आजबाट शुरु भएको छ । १४ र १५ गते दुई दिन हुने सागा दावा मोन्लाम पूजा कार्यक्रम स्थलमा बुद्धको अस्तु धातु (रिङ्सेल) लाई श्रद्धालु भक्तजनहरुलाई दर्शनको राखिएको छ ।

बौद्धमार्गीहरूले सागा दावा अर्थात् बैशाख महिनालाई पवित्र महिनाको रुपमा लिने गर्दछ । विशाखा नक्षत्रको नामबाट रहन गएको यो महिनालाई हिमाली बौद्ध समाजले सागा (विशाखा) दावा (महिना) ‘सागा दावा’ बैशाख भनिएको हो । सादा दावा पर्व शाक्यमुनि बुद्धको जन्म, बुद्धत्व प्राप्त र महापरिनिर्वाण हुनु भएको त्रिसंयोग पुण्य तिथि परेको बैशाख पूर्णिमाका दिन पर्दछ । विशेष गरी यो पर्व बुद्धजयन्तीलाई लक्षित गरी मनाइने पर्व भए तापनि हिमाली बौद्ध समाजमा यो पर्व बुद्ध जयन्तीको ठीक एक महिनापछि पर्दछ । तर पनि नेपालमा प्रचलित पात्रोमा चन्द्र अधिकमास परेको वर्ष भने एकै महिनामा एक साथ पर्ने गर्दछ । किनभने भोट ज्योतिष पात्रोमा अधिकमास परे तापनि नेपाली चन्द्रपात्रोमा अधिकमास नपरेको हुँदा सादा दावा पुनः जेठ महिनामा पर्दछ ।

नेपालका बौद्धमार्गीहरूले बौद्ध पवित्र स्थालहरूमा विभिन्न कार्यक्रमका साथ सागा दावा पर्व मनाई रहेका छन् ।  सागा दावा पर्वका दिन बौद्ध, स्वयंभू, नमो बुद्ध आदि पवित्र स्थानका चैत्यहरूको परिसरमा आस्था र विश्वासका साथ परिक्रम, पाठपूजा, मन्त्र जप, अष्ठांग ढोक आदि पुण्य कार्यहरूको लागि बौद्धमार्गीहरूको घुइँचो लागेको छन् । पूर्णिमाको दिनमा गोन्पाहरूमा भिक्षु, श्रमणेर, श्रमणेरिका र उपसाकहरू शील धारण गरी ञ्युङन्ये व्रत बस्ने प्रचलन रहेको छ ।



from Sherpa media Group Nepal https://ift.tt/2sct3W0

No comments:

Post a Comment

Pages