नेकपाको केन्द्रिय सदस्यकोे नाम सार्वजानिक शेर्पा समुदायमा एक मात्रा शेर्पा सदस्य भने - Informative Sherpa Portal

Informative Sherpa Portal

Linking Community Online

Breaking

Home Top Ad

Post Top Ad

Tuesday, May 22, 2018

नेकपाको केन्द्रिय सदस्यकोे नाम सार्वजानिक शेर्पा समुदायमा एक मात्रा शेर्पा सदस्य भने


नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले केन्द्रिय कमिटीलाई पूर्णता दिएको छ । जसमा केन्द्रिय सदस्यमा शेर्पा समुदायबाट एक मात्रा शेर्पा परेका छन् । आदिवासी जनाजाति महासंघका पूर्व अध्यक्ष पासाङ शेर्पालाई नेपाल कम्युनिष्ट पार्टीले केन्द्रिय सदस्यमा चयन गरिएको छ । ४४१ सदस्यीय कार्यसमितिमा शेर्पा समुदायबाट एक मात्रा शेर्पा पर्नुले हिमाली आदिवासीलाई पार्टीले कसरी गरिएको मुल्याङ्कन प्रति शेर्पा समुदाय गम्भिर ध्ययन गएको छ ।

पार्टीले ४४१ केन्द्रिय कार्यसमिति सहित ६ जना स्थायी आमन्त्रित केन्द्रिय सदस्य नाम सार्वजानिक गरिएको हो । पार्टी महासचिवले जारी गरेको विज्ञप्ती अनुसार वर्णानुक्रम अनुसार केन्द्रिय कमिटिका सदस्यहरुको नाम राखिएको छ ।
तत्काल बरिष्ठता मिलाउन नसकिएकाले वर्णानुक्रम अनुसार नेताहरुको नाम राखिएको हो । जसमा शेर्पा समुदायबाट पासाङ शेर्पा १९९ अंकमा परेको छ । सोमबार प्रधानमन्त्रीको सरकारी निवासमा बसेको पार्टी सचिवालयको पहिलो बैठकले तत्कालीन एमाले र माओवादी केन्द्रबाट मनोनीत केन्द्रिय सदस्यहरूको सिफारिसलाई अनुमोदन गरेको थियो ।
४४१ सदस्यीय केन्द्रिय कमिटिमा तत्कालीन एमालेका तर्फबाट २४१ जना र तत्कालीन माओवादीका तर्फबाट २०० जना छन् । पासाङ शेर्पा तत्कालिन नेकपा माओवादीका पोल्यूरव्यूरो सदस्यमा रहेको थियो । शेर्पालाई यसअघि नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को पोल्यूव्यूरो सदस्यमा सम्भावना देखिएपनि पार्टीका महासचिवले जारी गरिएको प्रेश विज्ञप्तिमा केन्द्रिय सदस्यमा नाम सार्वजानिक गरिएको हो ।



from Sherpa media Group Nepal https://ift.tt/2IA83CF

No comments:

Post a Comment

Pages