झन्डै एक बर्षको कसरत अनि १२ घण्टाको निरन्तरता पनि दुई पार्टी एकीकरण - Informative Sherpa Portal

Informative Sherpa Portal

Linking Community Online

Breaking

Home Top Ad

Post Top Ad

Friday, May 18, 2018

झन्डै एक बर्षको कसरत अनि १२ घण्टाको निरन्तरता पनि दुई पार्टी एकीकरण

नेकपा एमाले र माओवादी केन्द्रबीचको एकता प्रक्रियाको विषयमा बजारमा अनेक हल्ला आइरहेका बेला अन्ततः बिहीबार पार्टी एकता भएको छ । लामो समयपछिको गृहकार्य पश्चात एकताको लागि विहिबार बिहानैदेखि नेताहरुको निकै दौडधुप चल्यो । बिहान ६ बजेदेखि नेताहरु एकता प्रक्रियाको लागि निकै सक्रिय भए । अन्तत बेलुका ६ बजे एकता घोषणा गर्नका लागि राष्टिय सभा प्रवेश गरे । नेताहरुको
१२ घण्टे कार्यतालिका यस्तो रह्यो

मदन आश्रित स्मृति दिवसमा सम्बोधन
प्रधानमन्त्री केपी शर्मा ओलीले एमाले र माओवादी केन्द्रबीच हुन लागेको पार्टी एकता फुट्नका लागि नभएर जुट्नका लागि भएको उद्घोष गरे । २५ औँ मदन आश्रित स्मृति दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले दुई पार्टीको एकतापछि गरिने नयाँ पार्टी दर्ताले नेपालको भविष्य निर्धारण गर्ने उल्लेख ग¥यो । प्रधानमन्त्री ओलीले नेपाली कांग्रेस अब प्रतिष्पर्धी पार्टी नरहेका समेत बताए । एमाले मोओवादी केन्द्र पार्टी एकता भएपछि काँग्रेस अब प्रतिस्पर्धी पार्टी नभएर सहयोगी पार्टी बनेको उनको भनाइ थियो ।
कार्यक्रममा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आजकै दिन पार्टी एकता घोषणा गर्नका लागि आफूले नै पहल गरेको बताए ।
विधान अनुमोदन
नेकपा एमाले र नेकपा माओवादी केन्द्रको एकता संयोजन समितिको बैठक बस्यो । उक्त वैठकले ९ सदस्य सचिवालयबो निर्णत अनि एकीकृत पार्टीको विधान अनुमोदन गर्यो । बिहीबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकले विधान अनुमोदन गरेको हो ।
९ सदस्यीय हाइकमाण्ड
एमाले र माओवादी केन्द्रको एकतापछि बन्ने नेकपा कम्युनिष्ट पार्टीमा ९ सदस्यीय हाइकमाण्ड (सचिवालय) बनाउने निर्णय भयो । सचिवालय पार्टी सञ्चालनमा निर्णायक हुनेछ । एकता संयोजन समितिको बैठकले हाइकमाण्ड गठन गरेको हो । सचिवावलयमा विष्णु पौडेल महासचिव बन्ने भएका छन् भने नारायणकाजी श्रेष्ठलाई प्रवक्ता बनाउने निर्णय भएको छ । हाइकमाण्डमा दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्ड रहनेछन् । त्यसपछिको वरियतामा झलनाथ खनाल, माधवकुमार नेपाल, वामदेव गौतम, नारायणकाजी श्रेष्ठ, ईश्वर पोखरेल, रामबहादुर थापा बादल र विष्णु पौडेल हुनेछन् । संगठनको काम गर्ने जिम्मेवारीसहित पौडेललाई महासचिवको जिम्मेवारी दिन लागिएको हो ।

केन्द्रीय कमिटी
एकीकृत पार्टीको स्थायी कमिटी ४३ सदस्यीय रहने, जसमा एमालेबाट २५ र माओवादीबाट १८ नेता हुने निर्णय भएको थियो तर, पछि त्यसमा कुरा नािलेपछि एकीकृत पार्टीको स्थायी कमिटी ४५ सदस्यीय बनाइयो । जसमा एमालेबाट २६ र माओवादीबाट १९ नेता रहनेछन् । यस्तै ४४१ सदस्यीय केन्द्रीय कमिटी हुनेछ । कमिटीमा एमालेबाट २४१ र माओवादीबाट २०० नेता राख्ने सहमति भएको छ ।
दल विघटन
एकता संयोजन समितिको बैठकपछि दुई पार्र्टीको छुट्टाछुट्टै केन्द्रीय समिति बैठक बस्यो । एमालेको बैठक बालुवाटारमा र माओवादी बैठक अध्यक्ष प्रचण्ड निवास खुमलटारमा बसेको हो । उक्त बैठकले औपचारिक रुपमा आ आफ्नो दल विघटन गर्यो ।
विघटन

एकता प्रक्रियामा रहेका नेकपा एमाले र माओवादी केन्द्र विघटन भएको घोषणा गरियो । दुई दल मिलेर ‘नेकपा कम्युनिष्ट पार्टी’ बनेको छ । बालुवाटारमा बसेको संयुक्त बैठकमा अध्यक्ष केपी शर्मा ओलीले दुबै पार्टीको केन्द्रीय कमिटी भंग गरेको घोषणा गरे । उनले ९ सदस्यीय हेडक्वाटर गठनको निर्णय सुनाए भने ४४१ सदस्यीय केन्द्रीय कमिटीको घोषणा गरे ।

सम्पत्ति नेकपाका नाममा
पुष्पकमल दाहाल प्रचण्ड र केपी ओलीको अध्यक्षतामा एमाले र माओवादी केन्द्रको संयुक्त बैठक बस्यो । बैठकले दुई पार्टीको सम्पत्ति नेकपाका नाममा सार्ने निर्णय पनि गरेको छ । दुई पार्टीको छिट्टै केन्द्रीय कमिटीको बैठक बलाइनेछ ।

सपथ
एमाले र माओवादी केन्द्रको एकतापछि बनेको नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्यहरुले बालुवाटारमा सामुहिक सपथ लिएका छन् । सबैले एकसाथ सपथ लिएका हुन् ।

दल दर्ता
पार्टी एकता गरेका एमाले र माओवादी केन्द्रले नयाँ दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिए । त्यसका लागि पार्टीका अध्यक्षद्वय केपी ओली र प्रचण्डसहित पार्टीका वरिष्ठ नेताहरु आयोगमा पुगेका थिए । दुई दलबीच एकीकृत पार्टीेकको नाम ‘नेपाल कम्युनिष्ट पार्टी’ राख्ने सहमति गरेका छन् । तर, निर्वाचन आयोगमा ‘नेपाल कम्युनिष्ट पार्टी’ यसअघि नै दर्ता छ । त्यसैले दल दर्ताका क्रममा ‘नेपाल कम्युनिष्ट पार्टी’लाई अण्डरलाइन गरेर निवेदन दिइएको छ ।

एकता घोषणा
निर्वाचन आयोगमा नयाँ दल दर्ताको लागि निवेदन दिएर नेताहरु राष्टिय सभा गृह पुगे ।एमाले र माओवादी केन्द्र मिलेर बनेको नेकपा कम्युनिष्ट पार्टीको तत्कालीन कार्यक्रम ‘समाजवाद उन्मुख जनताको जनवाद’ हुने भएको छ । दुई पार्टीले एकताको घोषणा गरेका छन् । एमालेले जनताको बहुदलीय जनवाद र माओवादीले २१ औं सताब्दीको जनवाद भन्दै आएको थियो । पार्टी एकताको ६ बुँदे घोषणापत्र पढ्दै गर्दै पार्टीका वरिष्ठ नेता माधवकुमार नेपालले पार्टीको तत्कालीन कार्यक्रम ‘समाजवाद उन्मुख जनताको जनवाद’ हुने बताए ।

रात्रीभोज
एमाले र माओवादीको पार्टी एकताको खुसियालीमा बालुवाटारमा रात्रीभोज हुने भएको छ । प्रधानमन्त्रीको सरकारी निवासमा नै रात्रीभोज राखिएको हो । एमाले र माओवादीको केन्द्रीय कमिटीको संयुक्त बैठकमा नबगठित नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष केपी शर्मा ओलीले नेताहरुलाई रात्रीभोजको निम्ता दिएका हुन् ।

एकता अभियान घोषणा गरेपछिको ९ महिना यसरी बित्यो ?

दुई पार्टीले २०७४ असोज १७ गते राष्टिय सभा गृहबाटै वाम एकता अभियान घोषणा गरेका थिए । जुन घोषणा २०७५ जेठ ३ गते पूरा भएको छ ।
१७ असोज–चुनावी गठबन्धन र एकता घोषणा स् एमाले र माओवादी केन्द्रले गत असोज १७ गते चुनावी गठबन्धन र वाम एकता अभियान घोषणा गरे त्यो आफैंमा अप्रत्याशित थियो । ६ बुंदे सहमतिमार्फत चुनाव पश्चात पार्टी एकता गर्ने निर्णय सार्वजनिक गरे ।

१८ असोज– गठबन्धन घोषणाको दोस्रो दिन दुई पार्टीबीच चुनावी क्षेत्र र सिट बाँडफाँड गरे । ६०–४० को अनुपातमा क्षेत्र र सिट बाँडफाँड भयो ।
२१ कात्तिक– संयुक्त चुनावी घोषणापत्र सार्वजनिक स् दुवै पार्टीका शीर्ष नेताको उपस्थितिमा कात्तिक २१ मा संयुक्त घोषणापत्र सार्वजनिक गरे ।

२ पुस – देउवाको राजीनामाको आग्रह स् निर्वाचनको परिणाममा वामगठबन्धनलाई बलियो बहुमत प्राप्त भयो । तर, पनि तत्कालिन प्रधानमन्त्री शेरबहादुर देउवाले राजीनामा दिएका थिएनन् । देउवालाई दवाव दिन पनि पुस २ गते संयुक्त पत्रकार सम्मेलन गरेका थिए । उक्त कार्यक्रममा दुवै अध्यक्षले देउवाको राजीनामा माग गरेका थिए । तर देउवाले फागुन ३ गते राजीनामा दिएका थिए ।

२५ पुस– कार्यदल गठन स् राष्ट्रिय सभा, प्रदेश सभा र प्रदेश सरकार लागि कार्यदल गठन भयो ।
१८ माघ – सिट बाँडफाँडका लागि कार्यदलको प्रतिवेदन अनुमोदन स् एमाले माओवादी एकता संयोजन समितिको वैठकले राष्ट्रियसभा सदस्य निर्वाचन सम्बन्धी कार्यदलको प्रतिवेदन अनुमोदन गरेको थियो । नेम्वाङ नेतृत्वको कार्यदलले राष्ट्यि सभाका ५६ सिट मध्य ४३ सिटमा गठबन्धनले उमेद्वारी दिने निर्णय गर्दे एमाले २९ माओवादी १४ उमेद्वार उठाउने निर्णय गरेको थियो ।
२ फागुन–एकता संयोजन समितिको वैठक स् दुवै पार्टीको आन्तरिक बैठकपछि बसेको ललितपुर मानवभवन एकता संयोजन समिति बैठक चार घण्टा चलेको थियो ।
फागुन ३ –बामगठबन्धनबाट केपी ओली प्रधानमन्त्रीमा नियुक्त
फागुन ७ – सातबुँदे सहमति स् दुई दलका नेताहरुले पार्टी एकताका सातबुँदे सहमतिमा हस्ताक्षर गरेका थिए ।
जेठ २ – गते सवै कुरा मिले ओली र प्रचण्डबीच वान टू वान कुरा भयो । यही नै पार्टी एकता गर्ने अनितम सहमति बन्यो ।

जेठ ३ गते पार्टी एकता स् दुवै दलका अध्यक्षले राष्टिय सभा गृहबाट पार्टी एकीकरणको घोषणा गरे ।



from DakpiKhabar.com https://ift.tt/2rT1uQw

No comments:

Post a Comment

Pages