सरसफाईमा जुटे लैंगिक अल्पसंख्यक - Informative Sherpa Portal

Informative Sherpa Portal

Linking Community Online

Breaking

Home Top Ad

Post Top Ad

Saturday, June 23, 2018

सरसफाईमा जुटे लैंगिक अल्पसंख्यक

महानगरिय प्रहरी वृत्त दरवारमार्गले लैंगिक अल्पसंख्यक समुदायका व्यक्तिलाई सहभागी गराएर सरसफाई अभियान सुरु गरेको छ ।
दरवारमार्ग वृत्तले समलिंगी, तेस्रोलिंगी, अन्तरलिंगी समुदायका व्यक्तिलाई सहभागी गराएर सडक सफा राख्ने अभियान सुरु गरेको हो । दरवारमार्गका प्रहरी नायव उपरिक्षक डिएसपी दानबहादुर मल्ल नेतृत्वमा भएको कार्यक्रममा दरवारमार्ग, महेन्द्र शालिक, जमल हुँदै ज्याठासम्मको सडक सफा पार्ने अभियानमा यौनिक तथा लैंगिक अल्पसंख्यक समुदाय सहभागी भएका थिए । डिएसपी मल्लले सडक सफा गरे जस्तै अपराधलाई पनि निर्मुल गर्दे लैजान अभियान सुभारम्भ गरेको बताउनुभयो । समाजलाई बिकृति पैदा गर्ने लागू औषध नियन्त्रणलाई पनि पूर्ण रुपमा हटाउन पनि अभियान सुरु गरिएको आयोजकले जनाएको छ। सडक सफा राख्ने अभियानका क्रममा नील हिरा समाजकी अध्यक्ष पिंकी गुरुङले वातावरण सफा राख्ने काम महत्वपूर्ण रहेको बताउनुभयो । उहाले हरेक हप्ता शनिवार हुने सरसफाई कार्यक्रममा उपस्थित भएर सामाजिक कार्यमा संलग्न हुन तेस्रोलिंगी समुदायलाई आग्रह समेत गर्नुभयो ।



from DakpiKhabar.com https://ift.tt/2IkONUK

No comments:

Post a Comment

Pages