शनिबार दिनभरी बत्ती बन्द - Informative Sherpa Portal

Informative Sherpa Portal

Linking Community Online

Breaking

Home Top Ad

Post Top Ad

Saturday, June 23, 2018

शनिबार दिनभरी बत्ती बन्द

११ केभी प्रसारण लाइनको मर्मतसम्भारका लागि ठमेल लगायतका क्षेत्रमा आज विद्युत आपूर्ति बन्द गरिएको छ । ११ केभी प्रसारण लाइन अन्तर्गत लैनचौर फिडरको ‘प्रिभेन्टिभ मेन्टिनेन्स’का लागि आज विहान ८ बजेदेखि सा“झ ५ बजेसम्म विद्युत आपूर्ति बन्द हुने गरी काम भैरहेको नेपाल विद्युत प्राधिकरणको रत्नपार्क वितरण केन्दले जनाएको छ । त्यस फिडरबाट विद्युत आपूर्ति भइरहेका लैनचौर दुग्ध विकास संस्थान अगाडिको गणेश मन्दिर, ठमेल जाने चोक, पुरानो नेपाली चुलो, हिटी पोखरी, जय नेपाल हल, हात्तिसार क्षेत्रमा विद्युत आपूर्ति बन्द छ । त्यस्तै, नक्साल नारायण चौर, प्रहरी हेड क्वार्टर, भू“डे गणेश, टंगाल स्कुल, नक्साल भगवती मन्दिर, मल्ल होटल अगाडि हु“दै अमृत साइन्स क्याम्पस आसपासका स्थानमा भने विद्युत आपूर्ति हुने रत्नपार्क वितरण केन्द्रले जनाएको छ



from DakpiKhabar.com https://ift.tt/2K4EzOf

No comments:

Post a Comment

Pages