जापानमा विध्वंसक ताइफु आउदै , आईतबार टोकियोका मूख्य रेलसेवाहरु ठप्प हुने, सुरक्षा अप्नाउन आग्रह - Informative Sherpa Portal

Informative Sherpa Portal

Linking Community Online

Breaking

Home Top Ad

Post Top Ad

Thursday, October 10, 2019

जापानमा विध्वंसक ताइफु आउदै , आईतबार टोकियोका मूख्य रेलसेवाहरु ठप्प हुने, सुरक्षा अप्नाउन आग्रह

टोकियो । जेआर रेलवे कम्पनीले आगमी शनिबार र आईतबार ताईफु( आँधि बेहेरी)का कारण विभिन्नठाउँमा आफ्ना रेलसेवा बन्द हुनसक्ने बताएको छ । विध्वंसकारी आँधी हागिविसले , गएको फासाईले भन्दा पनि ठूलो क्षति पुर्याउन सक्ने चेतावानी पनि दिईएको छ ।

जेआर रेलवे कम्पनिले वेबसाईटमा जनाए अनुसार, बुलेट ट्रेन तथा अन्य मुख्य रेलसेवाहरु जस्तै– यामानोते, चुओ तथा तोकाईदो लगायतका लाईनहरु बन्द हुन सक्नेछन् । जेआर कम्पनिका प्रवक्ता युजि ईसिकावाका अनुसार, शुक्रबार विहान १०:३० बजे आफ्नोवेबसाईटमा थप जानकारीहरु राखिने छ ।

जेआर मात्र नभई, कान्तो एरियामा संचालनमा रहेका थुप्रै रेल कम्पनीहरुको सेवा रद्द तथा ढिलो हुनसक्नेछ । प्राप्त जानकारीका अनुसार टोकियोबाट हानेदा एयरपोर्ट सम्म चल्ने केईक्यु कर्पोरेशन तथा नारिता एयरपोर्टसम्म चल्ने केईसेई लाईन पनि नचल्ने तथा ढिलो हुने सम्भावना रहेको छ । त्यस्तै ओदाईक्यु लाईनमा पनि समस्या देखिन सक्ने बताईएको छ ।

जापान मेटोरोलोजिकल एजेन्सीले, यस पटकको ताईफुलाई विध्वंसक भनि वर्गीकरण गरिसकेको छ । जसका कारण भारी वर्षा कारण डुवान तथा तथा पहिरोको समेत खतरा रहेको बताईएको छ । पुर्वी जापानमा भने यसको असर शनिबार राती देखि आईताबार बिहानसम्म अत्यधिक रहने र आईतबार साँझबाट हट्ने जनाईएको छ ।

त्यस्तै हागिविसका ( ताईफु) कारण वायु सेवा कम्पनीहरुले पनि आफ्ना सेवा बन्द गर्न सक्ने बताएका छन् । अल निप्पोन एयरलाइन्स लगायत जापानका बायुसेवा कन्पनीहरुले पनि ताईफुको कारण सेवा अवरुद्ध हुनसक्ने भन्दै सचेत गराईसकेका छन् ।

यस अघिको ताईफु फासाईका कारण सोचेभन्दा धेरै प्रभावित भएपछि रेलकम्पनी तथा वायुसेवा कम्पनीहरुले यस पटक पहिलेभन्दा अझ बढि सतर्कता अप्नाउने प्रयास गरेका छन् ।तपाई पनि जानकारी तथा सुरक्षाका लागि सुचनाहरुमा अपडेट रहनुहोला ।

The post जापानमा विध्वंसक ताइफु आउदै , आईतबार टोकियोका मूख्य रेलसेवाहरु ठप्प हुने, सुरक्षा अप्नाउन आग्रह appeared first on .



from https://ift.tt/325CUwR

No comments:

Post a Comment

Pages