क्याब्जे ठुल्सिक रिम्पोचेको आधिकारिक आवतार पुष्टि - Informative Sherpa Portal

Informative Sherpa Portal

Linking Community Online

Breaking

Home Top Ad

Post Top Ad

Tuesday, May 29, 2018

क्याब्जे ठुल्सिक रिम्पोचेको आधिकारिक आवतार पुष्टि


ङिङमा सम्प्रदायको प्रमुख धर्म गुरु क्याब्जे ठुल्सिक रिम्पोचेको आधिकारिक निर्माणकायि आवतार ( टुल्कु) पुष्टि र पहिचान भएको घोषणा गरेको छ । उक्त आधिकारिक घोषणा रिम्पोचेको सोलुखुम्बु बेनि गाविसास्थित थोप्तेन दोङका छोलिङ संघ ( गुम्बा)ले बुद्ध जयान्तीको साकादावा पुणिर्माको दिन गरेको छ । तिब्बती, नेपाली र अंग्रेजी तीनै भाषामा लेखिएको पत्र मार्फत सवैमा आधिकारिक जानकारी दिएको छ । क्याब्जे ठुल्सिक रिम्पोचेको केही वर्ष अघि काठमाडौमा देहवासन हुनु भएका थिए ।

सोलुखुम्बुको चर्चित थोप्तेन छोलिङ गुम्बाको संघले रिम्पोचेको आवतार पहिचान गरिदिनका लागी गत वर्ष ङिङमा सम्प्रदायको जेष्ठतम प्रमुख धर्म गुरु क्याब्जे ढोडुप रिम्पोचलाई निवेदन दिएका थिए । त्यही निवेदनको आधारमा क्याब्जे ढोङडुप रिम्पोचेले एक वर्षभित्रमा ठुल्सिक रिम्पोचेको आवतार पिता मारतिका लामाको बंशधारी लामा ङवाङ जिक्टल छोक्की वाङछुक र माता ओर्गेन डोल्माको कोखमा जन्मेको बालक भएको आधिकारिक पुष्टि गरेको छ । रिम्पोचेले आवतारको पहिचानको पुष्टि गरे लगतै संघलाई पत्र पठाएका थिए । आवतार पुष्टि लगतै नाबालक निर्माणकायि आवतारीलाई ढोङडुप रिम्पोचे समक्ष पुर्‍याएर मंगलिक पहिलो कपाल काटने ( टप्ची), दर्शन भेट र दिर्घायुको पुजा प्रर्थना गरेको संघले जनाएको छ । संघमा करिब हजार भन्द बढि भिक्षु भिक्षुणीहरु छन भने लाखौ भक्तजनहरु र अनुयायीहरु छन ।

संघले जारी गरेको पत्र देखेर न्युयोर्कस्थित शेर्पा किदुगको प्रमुख धर्म गुरु लामा टुल्कुले सोमबारनै आफनो फेसबुक मार्फत खुसीको खबर भनी सवैलाई जानकारी दिएका थिए । नेपाल सरकारले अंगिकृत नागरिक प्रदान गरेको ठुल्सिक रिम्पोचेको आवतारको बारेमा यस अघि उहाकै परिवारका नातेदार सोबेलाको इच्छामा आफनै बहिनीको छोरालाई आवतार हो भनी दलाई लामासम्म पुर्‍याएको घटनाले रिम्पोचेको सवै चेलाहरु, भक्तजनहरु र अनुयायीहरु निकै निराशित बनेका थिए । त्यही घटना लगतै संघमा अवद्ध सवै भिक्षु भिक्षुणीहरुले सम्बन्धीत निकाय हुदै रिम्पोचेको आधिकारिक आवतार पहिचानको लागी सिक्किमस्थित ढोङडुप रिम्पोचे समक्ष निवेदन चढाएको थियो ।



















from We Are Sherpa https://ift.tt/2H0SvSU

No comments:

Post a Comment

Pages