पर्यटन गाइड र मजदुरको क्षेत्रमा राहत प्याकेज ल्याउन माग गर्दै टिजानले बुझाए ८ बुदे माग पत्र - Informative Sherpa Portal

Informative Sherpa Portal

Linking Community Online

Breaking

Home Top Ad

Post Top Ad

Tuesday, June 16, 2020

पर्यटन गाइड र मजदुरको क्षेत्रमा राहत प्याकेज ल्याउन माग गर्दै टिजानले बुझाए ८ बुदे माग पत्र

काठमाडौं,असार-२ ।  कोरोना भाइरस (कोभिड १९) ले विश्वलाई नै असर गरि रहेको समयमा नेपालमा पनि यसले असर गरेको छ । विशेषगरि नेपालको पर्यटन क्षेत्र अहिले ठप्प रहेको छ । यसले हजारौ पर्यटन क्षेत्रमा लागेका पदप्रदर्शक र मजदुरहरुलाइ असर परेको छ । यसलाई मध्य नजर गर्दै टे«किङ गाइड एसोसियसन अफ नेपाल(टिजान)ले आठ बुदे माग पत्र संस्कृति, पर्यटन नागरिक उड्डयन मन्त्रालयलाई बुझाइएको छ ।

पर्यटन क्षेत्रमा प्रत्येक्ष रुपमा आवद्ध रहेका २२,००० पर्यटन गाइड (पदप्रदर्शक) र परोक्ष रुपमा आवद्ध रहेका ३५,००० टे«किङ मजदुरहरुको समस्यालाई मध्यनजर गर्दै माग पत्र पेश गरेको टिजानका महासचिव सर्की शेर्पाले जानकारी दिनुभयो । लकडाउनले गर्दा पर्यटन पदप्रदर्शक र मजदुरहरु काममा जान नपाइएकोले कयौँ मजदुरहरु भोकमरीमा पर्ने अवस्था आएकोले यस तर्फ राहत प्याकेजको व्यावस्था गर्न माग गर्दै माग पत्र पेश गरेको शेर्पाले जानकारी दिनुभयो ।

टिजान पर्यटन पदप्रदर्शक र मजदुरहरुको हकहित सुरक्षित गर्न र उनीहरुको क्षेत्रमा वकलत गर्दै आएको सस्था हो ।

८ बुदे माग पत्र यस प्रकार रहेको छ ।
आपतकालीन राहत प्याकेजको व्यवस्था गर्नुपर्ने ।
१ TIMS बापत उठाएको मजदुर कल्याणकारी कोषमा रहेको रकम तुरुन्त यस क्षेत्रका मजदुरहरुको हितका लागि निकासा गरी राहत स्वरुप उपयोग गर्नु्पर्ने ।
२ पर्यटन व्यवसाय नियमित रुपमा सुचारु नभएसम्म यस क्षेत्रमा कार्य गर्ने ट्रेकिङ गाइड तथा मजदुरहरुको लागि प्रति व्यक्ति रु. १० देखि १५ लाखसम्मको सहुलियत व्याजमा ऋण उपलब्ध गराउने व्यवस्था गर्नुपर्ने ।
३ टे«किङ पथमार्ग, राष्ट्रिय निकुञ्ज, संरक्षण क्षेत्र र प्रत्येक पथमार्गको आधार शिविरसम्मको सरसफाइ गर्ने काम TGAN अगुवाइमा दिलाउनको लागि माग गर्दछौँ ।
४ नयाँ–नयाँ टे«किङ गन्तव्यहरुको खोजअनुसन्धान गर्नुका साथै संचालित गन्तव्यहरुको सरसफाई, मर्मतसंभार, मार्किङ गर्ने आदि जस्ता कार्यहरु विगतमा TGAN स्वयमसेवकको रुपमा गर्दै आएको र हाल यो व्यवसाय विपतको अवस्थामा रहेको हुँदा त्यस कार्य हामीलाई गर्न दिई रोजगारीको व्यवस्था गराउन माग गर्दछौँ ।
५ टे«किङ गाइडसम्बन्धी अग्रजसँग भएको ज्ञान अन्य नयाँ गाइडहरुलाई आदानप्रदान गर्ने व्यवस्था लगायत आवश्यक तालिमको व्यवस्था गरी दक्ष जनशक्ति उत्पादन गर्न सहयोग पु¥याउन माग गर्दछौँ ।
६ तत्काल कोरोना भाइरसको असर भइरहेको अवस्थामा यस क्षेत्रमा काम गर्नुपर्ने पथप्रदर्शकहरुलाई सामाजिक दूरी कायम गरी आवश्यक प्रशिक्षण दिनको लागि समेत माग गर्दछौ ।
७पर्यटन क्षेत्रमा काम गर्ने ट्रेकिङ गाइड तथा मजदुरहरुको लागि तुरुन्त सामाजिक सुरक्षा कोषको व्यवस्था राज्य र TGAN पहलमा खडा गर्नुपर्ने । उपर्युक्त कार्यहरुका साथै यस क्षेत्रमा कोभिड १९ को कारणले प्रत्यक्ष रुपमा असर परेका पथप्रदर्शक तथा मजदुरहरुलार्ई जीवनयापनका लागि तुरुन्त वेरोजगार भत्ताको व्यवस्था गर्नुपर्ने ।
९ TGAN ले यस क्षेत्रसँग सम्बन्धित झण्डै १३००० पथप्रदर्थक र मजदुरहरुसँग अनलाईन सर्भे गर्दा भाडामा परिवारसहित बसिरहेको र उनीहरुको कुनै पनि आम्दानीको अन्य स्रोत नभएको अवस्था जानकारी हुनुका साथै राज्य र सम्बन्धित काम गर्ने कम्पनीबाट समेत कुनै पनि राहतको व्यवस्था नभएको गुनासो सहित राहत पाऊँ भनी यस संस्थामा निवेदन पेश गराएको हुँदा त्यस्ता व्यक्तिहरुको लागि यथाशीघ्र राहत प्याकेज दिलाइदिनुहुन समेत माग गर्दछौँ ।

The post पर्यटन गाइड र मजदुरको क्षेत्रमा राहत प्याकेज ल्याउन माग गर्दै टिजानले बुझाए ८ बुदे माग पत्र appeared first on .



from https://ift.tt/37DxlJI

No comments:

Post a Comment

Pages