खुम्बु पासाङल्हामु गाउँपालिका अध्यक्ष ङिम दोर्जी शेर्पाको निधन - Informative Sherpa Portal

Informative Sherpa Portal

Linking Community Online

Breaking

Home Top Ad

Post Top Ad

Tuesday, June 16, 2020

खुम्बु पासाङल्हामु गाउँपालिका अध्यक्ष ङिम दोर्जी शेर्पाको निधन

सोलुखुम्बु, असार २ । क्यान्सर रोगबाट ग्रस्त रहेका प्रदेश न १ सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका अध्यक्ष ङिम दोर्जी शेर्पाको मंगलबार बिहान निधन भएको छ ।
उनको आज बिहान गाउँपालिका वडा नम्बर २ लुक्लास्थित घरमा निधन भएको हो ।

क्यान्सरबाट पीडित ३९ वर्षीय शेर्पाले काठमाडौंस्थित निदान अस्पतालमा उपचार गराइरहेका थिए । उनी केही समययता घर फर्केर आराम गरिरहेका थिए ।

जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरी नायब उपरीक्षक टेकुनन्द इवा लिम्बूका अनुसार घरैमा आराम गरिरहेका उनको बिहान निधन भएको हो । जातीय संस्कार सकेर उनको तीन दिनपछि अन्तिम संस्कार गरिने भएको छ ।

श्रोत: इकान्तिपुर

The post खुम्बु पासाङल्हामु गाउँपालिका अध्यक्ष ङिम दोर्जी शेर्पाको निधन appeared first on .



from https://ift.tt/2Cd08Jo

No comments:

Post a Comment

Pages