टिजानको १३ बुदे सुझाबः पर्यटन विधायक २०७७ मा पर्यटक पदप्रदर्शकको भुमिका सम्बोधनको माग - Informative Sherpa Portal

Informative Sherpa Portal

Linking Community Online

Breaking

Home Top Ad

Post Top Ad

Wednesday, June 17, 2020

टिजानको १३ बुदे सुझाबः पर्यटन विधायक २०७७ मा पर्यटक पदप्रदर्शकको भुमिका सम्बोधनको माग

पर्यटन गाइड र मजदुरहरुको आवाजलाई उठाउदै आएको टे«किङ गाइड एसोसियसन अफ नेपाल (टिजान)ले पर्यटनसँग सम्बन्धित विधायक २०७७ ल्याउन लागेकोले यस विधायकमा पर्यटनसँग सम्बधित रहेका पर्यटक पदप्रदर्शक र मजदुरहरुको भुमिका सम्बोधनको माग गर्दे १३ बुदे सुझाव माग संस्कृति, पर्यटन तथानागरिक उड्डयन मन्त्रालयलाई बुझाइएको छ ।
पर्यटन मजदुर र पदप्रदर्शकहरुको हकहित सुनिश्चित गर्न यी मागहरु २०७७ को पर्यटन विधायकमा समावेश होस् भनी सुझाव मन्त्रालयमा बुझाइएको टिजानका महासचिव सर्की शेर्पाले जानकारी दिनु भएको छ ।
सुझाव यस प्रकार रहेको छ ।
१. पथप्रदर्शकहरुको सामाजिक सुरक्षाको व्यवस्था उल्लेख गरिनु पर्ने ।
२. अनुभव तथा सीपको आधारमा पथप्रदर्शकहरुको स्तर वर्गीकरण गर्ने व्यवस्था हुन् पर्ने ।
३. अनिवार्य रुपमा पथप्रदर्शकहरुको परिचयपत्र सम्बन्धित क्षेत्रमा चेकजाँच गर्ने व्यवस्था गरिनु पर्ने ।
४. नेपाल सरकारले पथप्रदर्शक मजदुरहरुबाट लिने राजश्व एकद्वार प्रणाली मार्पmत लिइनु पर्ने र विभिन्न क्षेत्रमा प्रवेश गर्दा विभिन्न शीर्षकमा लिइने राजश्वलाई तत्काल खारेज गर्ने व्यवस्थालाई राखिनु पर्ने ।
५. पर्यटन कार्यविधि २०७५ मा व्यवस्था भएका बुँदाहरु तत्काल लागू गरिनु पर्ने ।
६. नेपाल सरकारले पर्यटकहरुलाई जारी गर्ने अनुमति पत्रमा जस्तै त्क्ष्ःक् तथा राष्ट्रिय निकुञ्ज प्रवेश अनुमति, संरक्षित क्षेत्र (निषेधित क्षेत्र), संरक्षण क्षेत्र प्रवेश अनुमति पत्रमा सम्बन्धित पदप्रदर्शकको नाम र परिचयपत्र अनिवार्य रुपमा उल्लेख गर्नुपर्ने व्यवस्था राखिनु पर्ने ।
७. संख्यात्मक रुपमा पथप्रदर्शकहरु बढाउनु भन्दा गुणात्मक रुपमा पथप्रदर्शकहरुलाई आवश्यक तालिम, सीपको व्यवस्था गरी दक्ष जनशक्ति उत्पादनमा जोड दिने व्यवस्था गर्नु पर्ने ।
८. पथप्रदर्शकहरुको परिचयपत्र नवीकरण गर्दा प्रत्येक वर्ष सम्बन्धित निकायबाट पुन र्ताजकीय तालिम लिएको प्रमाण पेश गर्ने व्यवस्था हुनुपर्ने ।
९. पर्यटन क्षेत्रको पथप्रदर्शकका रुपमा काम गर्ने मजदुरहरुको उद्धार तथा जीवन रक्षाको लागि नेपाल सरकारले पथप्रदर्शकहरुको योगदानमा आधारित पथप्रदर्शक मजदुर कल्याणकारी कोश अनिवार्य रुपमा खडा गर्ने व्यवस्था गरिनुपर्ने ।
१०. नेपाल सरकारले प्रत्येक वर्ष पर्यटन क्षेत्रबाट उठाउँदै आएको राजश्व रकमबाट कम्तिमा २ प्रतिशत पथप्रदर्शकहरुको सीप, दक्षता अभिवृद्धिका लागि खर्च छुट्याउने व्यवस्था गरिनु पर्ने ।
११. नेपाल सरकारले जारी गरेको पथप्रदर्शकको परिचयपत्र काम गरेको वर्षको आधारमा वर्गीकरण गर्ने व्यवस्था हुने पर्ने जसमा ५ वर्षसम्म काम गर्नेलाई सेतो रंगको परिचयपत्र, ५ वर्ष भन्दा माथि वा १० वर्षसम्म काम गरेकालाई पहेंलो रंगको परिचयपत्र र १० वर्ष भन्दा माथि काम गर्नेलाई रातो रंगको परिचयपत्र दिई ३ भागमा वर्गीकरण गरिनुपर्ने । साथै निरन्तर रुपमा सम्बन्धित क्षेत्रमा कार्य गरिरहेको व्यहोरा प्रत्येक पथप्रदर्शकले लाइसेन नवीकरण गर्दा वार्षिक रुपमा पेश गर्नुपर्ने ।
१२. कुनै पनि विदेशी नागरिकले नेपालको पर्यटक क्षेत्रमा पथप्रदर्शकको रुपमा काम गर्नुपरेको खण्डमा वा टोली नेताको रुपमा आउनु परेको खण्डमा अनिवार्य रुपमा नेपाल सरकारको स्वीकृति लिनुपर्ने व्यवस्था गर्नु पर्ने ।
१३. पथप्रदर्शकहरु वर्षको ६ महिना मात्र कार्यमा व्यस्त हुने र बाँकी ६ महिना बेरोजगारी बस्नुपर्ने भएकोले फुर्सद हुने समयम ात्यस्ता पथप्रदर्शकहरुलाई विभिन्न पर्यटनसँग सम्बन्धित क्षेत्रका कार्यहरु जस्तै गन्तव्य सरसफाई, मर्मत संभार, नयाँनयाँ गन्तव्य पत्ता लगाउने, पुरातात्विक संरचनाहरुमा सरसफाइको जिम्मा दिई रोजगारीको सिर्जना गरिनुपर्ने ।

The post टिजानको १३ बुदे सुझाबः पर्यटन विधायक २०७७ मा पर्यटक पदप्रदर्शकको भुमिका सम्बोधनको माग appeared first on .



from https://ift.tt/3djlotX

No comments:

Post a Comment

Pages