काठमाडौँ – सञ्चार समूह नेपालको ताप्लेजुङ कार्यसमिति गठन भएको छ । शेर्पा सञ्चार समूह नेपालका केन्द्रीय सदस्य मिङमा शेर्पाको विशेष उपस्थितिमा असार २ गते आङ फुर्वा शेर्पाको अध्यक्षतामा ११ सदस्य शेर्पा सञ्चार समूह नेपाल ताप्लेजुङ जिल्ला कार्य समिति गठन गरिएको छ ।

संस्थाले यस अघि ताप्लेजुङ , खोटाङ सोलुखुम्बु ,रामेछपा,ओखलढुंगा र झापा जिल्लामा शाखा गठन गरिसकेको छ । शेर्पा सञ्चारले बार्षिक रुपमा पत्रकारिता, फोटोपत्रकारिता, उद्घोषण लगायत सञ्चारसँग संबन्धित विभिन्न तालिमहरु प्रदान गर्दै आईरहेको छ । संस्थाले शेर्पा समुदायमा सञ्चार माध्यमको महत्व र आवश्यक्ताका विषयमा सचेतना र जागरण सम्वन्धी कार्यक्रमहरु आयोजना गर्दै आएको छ । संस्थाले शेर्पा समुदाय रहेको सबै जिल्लामा शाखा विस्तार गर्ने योजना समेत रहेको छ ।
from Sherpa media Group Nepal https://ift.tt/3e8Z7jp

No comments:
Post a Comment