पर्यटन मस्यौदा माथि राजधानीमा सरोकारवाला बिच छलफल - Informative Sherpa Portal

Informative Sherpa Portal

Linking Community Online

Breaking

Home Top Ad

Post Top Ad

Friday, June 26, 2020

पर्यटन मस्यौदा माथि राजधानीमा सरोकारवाला बिच छलफल

ट्रेकिङ गाइड एसोसिएसन अफ नेपाल (टिगान) र टुरिष्ट गाइड एसोसिएसन टुरगान ट्रेकिङ एजेन्सीले बिहीबारदेखि छलफल गरेको छ । नेपाल सरकारले ल्याएको विधेय मस्यौदामा नेपालको पर्यटन गाइडहरुको हितमा नभएको भन्दै छलफल गरिएको र सरकारलाई सुझवपत्र दिने कार्य भइ रहेको छ । नेपालको अर्थतन्त्रको प्रमुख माध्यमको रुपमा लिएको पर्यटन क्षेत्रमा कार्यरत मजदुर र व्यावसायीको सरसल्लाह विना पर्यटन विधेयक मस्यौदा ल्याएको भन्दै पर्यटन व्यावसाय सँग अबद्ध संघ, संस्थाले दुःख व्याक्त गरेका छन् ।

विहिबार राजधानीमा बसेको छ्लफलमा पर्यटन व्यवसयालाई एकैसाथ मिलेर काम गर्नु पर्नेमा जोड दिएको ट्रेकिङ गाइड एसोसिएसन अफ नेपालका माहासचिव सार्की शेर्पाले बताउनुभयो । एजेनसिजको तर्फबाट अम्बर तामाङ र टुरिष्ट गाइडको तर्फबाट नरध्वज तामाङ ‘क्षितिज नेपाल पर्वतारोहणसंघ पुर्व प्रमुख प्रशिक्षक नेपाल पक्षी हेर्नेहरूको राष्ट्रिय संरक्षण क्षेत्रको अधयन अनुसन्धान कर्ता, नेपाल माउन्टेन लिडार एसोसिएसनका पदाधिकारीहरुको उपस्थिति रहेको रहेको छलफलमा नयाँ विधेयक सम्बन्धमा छलफल गरिएको हो ।

संस्कृति तथा नागरिक उड्डयान मन्त्रलायले ल्याएको पर्यटन विधेय मस्यौदा प्रति उपस्थित सबैले असन्तुष्टी जनाएका छन् । विशेषगरि पर्वतीय पर्यटनको क्षेत्रका साना व्यवसायी, माउन्टेन, टूर तथा ट्रेकिङ गाईड, सहयोगी मजदूर, सम्बन्धित पर्यटकीय क्षेत्रका स्थानीयबासी लगायतका सरोकारवालाहरूले असन्तुष्टी जनाएका छन् ।

सरोकारवालाहरूले स्वतःस्फूर्त रुपमा असन्तुष्टी जनाउँदै छलफल गरिरहेको सस्टेनएबल माउन्टेन टुरिजम नेटवर्कको संयोजन टोलीका सदस्य तथा ट्रेक÷टूर गाईड नरध्वज तामाङ ‘क्षितिज’ले बताए । “अहिलेसम्म पर्यटकले चाहेमा प्रतिवन्धित क्षेत्रबाहेक अन्य क्षेत्रमा कम्पनी, गाईड वा .सहयोगीविना नै यात्रा गर्न पाउँछन्,” तामाङले भने, “यसले पर्यटन क्षेत्रको रोजगारी सृजनामा गम्भीर असर पारेको छ । त्यसैले अनिवार्य रुपमा ट्रेकिङ कम्पनीबाट मात्रै यात्रा गर्न पाउने प्रावधान नयाँ बन्ने ऐनमा हुनुपर्छ ।” गाईड तथा नेपाली सहयोगी सँगै लैजाँदा दुर्घटना हुने, बिरामी हुने, हराउनेजस्ता गम्भीर समस्या कम हुने तामाङको दाबी छ । यदी यो व्यवस्था लागू गर्न नसकिए कम्तिमा २ हजार ५ सय मीटरभन्दा माथि यात्रा गर्दा अनिर्वाय रुपमा ट्रेकिङ कम्पनीबाट मात्रै पर्मिट जारी गर्नुपर्ने व्यवस्था ऐनमा समेटिनु पर्ने नेटवर्कको माग भएको तामाङले जनकारी दिए ।

“हामीले पर्यटन क्षेत्रमा कार्यरत करिब ५ सय व्यक्तिहरूसँग छलफल गरेर अहिलेसम्म ३९ सुत्रीय मागपत्र तयार पारेका छौं । छलफल गर्ने र सुझाव लिनेक्रम अझै जारी छ,” तामाङले भने, “केही दिनभित्र मागपत्रलाई पर्यटन मन्त्रालय, विभाग, संसदीय समितिलगायत सरोकारवाला निकायहरूमा बुझाउने छौं ।”

पछिल्लो समय विधेयका समेछट्न नसकिएको मुख्य मागहरूमा मजदूर विमा, साना व्यवसायीको संरक्षण, प्रतिबन्धित क्षेत्रको शुल्कबारे पुर्नविचार, पथ प्रदर्शकको तालिम समायानुकुल बनाउनु पर्ने लगायतका छन् । पर्यटन व्यावसायमा मजदुरको माग सुनिश्चित गर्न नसक्ने हो भने आन्दोलनमा उत्रिन बाध्य हुने टिगानका महासचिव सार्की शेर्पाले बताउनु भयो ।

The post पर्यटन मस्यौदा माथि राजधानीमा सरोकारवाला बिच छलफल appeared first on .



from https://ift.tt/31h0nxv

No comments:

Post a Comment

Pages