स्वस्थबर्दक जापानी आँप (मियाजाकी खान्जुकु) का फाइदाहरु ? - Informative Sherpa Portal

Informative Sherpa Portal

Linking Community Online

Breaking

Home Top Ad

Post Top Ad

Saturday, June 27, 2020

स्वस्थबर्दक जापानी आँप (मियाजाकी खान्जुकु) का फाइदाहरु ?

फुर्वा शेर्पा / हिमाली सन्देश, जापानमा धेरै किसिमका फलफुलहरु उत्पादन हुने गर्दछ ।ति मध्ये फलफुलकाे रानी मानिने आँप पनि एक हाे ।जापानकाे मियाजाकी प्रान्तमा उत्पादन हुने मियाजाकी खान्जुकु आँपकाे स्वाद असाध्यै मिठाे हुन्छ ।याे आँप फल्ने समय अप्रिल महिना देखि जुन महिना सम्म हाे । याे आँप दक्षिणपूर्वी एशियामा व्यापक रूपमा उत्पादन गरिने पहेंलो “पेलिकन आम” भन्दा फरक छ। मियाजाकीको आँप जापानकाे सम्पूर्ण ठाँउहरुमा पाइन्छ ।याे आँप ओकिनावा पछि दोस्रो उत्पादन हुने क्षेत्रकाे रुपमा मानिन्छ ।याे आँप पाकिसकेपछि खाना याेग्य छ कि छैन भनेर बिभिन्न मापदण्ड पछिमात्र बजारमा वितरण गरिन्छ। यस्तो मापदण्ड पूरा गर्ने आमहरू प्रिफेक्चरको आफ्नै ब्रान्ड “ताइयो नो तामागो” (सूर्यको अण्डा) अन्तर्गत बेचिन्छन् र प्रायः गिफ्ट आइटमको रूपमा बिक्री गरिन्छ।एउटा मियाजाकी खान्जुकु आँपकाे मूल्य बजारमा २००० येनसम्म पर्छ ।

याे आँप मियाजाकी अनुसन्धान तथा उत्पादन केन्द्रले नेट हार्बेस्टिंग प्रबिधिमार्फत फलाउने गर्दछ ।केन्द्रले आँप पाकिसकेपछि गुणस्तर जाँच गर्ने गर्दछ अनि मात्र बजारमा बिक्री बितरणकाे लागि पठाउने गर्दछ ।

स्वास्थ्यका लागि अत्यन्तै लाभदायक आँपले मानिसकाे छालामा सुन्दरता ल्याउनुका साथै स्वास्थ्यका लागि पनि आँप खानु लाभदायक मानिन्छ । आँपमात्र स्वादिलोपनाले भरिएका हुँदैनन्, यो एक एन्टिआक्सीडन्ट पनि हो र यसले कम दृष्टिलाई समेत मद्दत गर्ने ,महिलाहरूको लागि बीटा क्यारोटीन र फोलिक एसिड जस्तो पोषण प्राप्त हुन्छ ।

आँपमा भिटामिन सी, भिटामिन ए, भिटामिन के, भिटामिन ई, क्याल्सियम, कपर, म्याग्नीशियम र जिंकको ठूलो स्रोत प्राप्त हुन्छ ।

– क्यान्सर रोक्छ
– कोलेस्ट्रॉल कम गर्दछ
– भरा पोरहरू खाली गर्दछ र पिम्पल हटाउँछ
– रातको अन्धोपन र सुख्खा आँखा रोक्दछ
– शरीरको क्षार कायम गर्दछ
– रगतमा इन्सुलिनको स्तर सामान्य बनाउँछ
– पचाउन सहयोग गर्दछ
– प्रतिरक्षा प्रणाली बढाउँछ

याे जानकारी विकिपिडिया र बिभिन्न पन्प्लेटररुकाे आधारमा तयार पारिएकाे हाे ।

The post स्वस्थबर्दक जापानी आँप (मियाजाकी खान्जुकु) का फाइदाहरु ? appeared first on .



from https://ift.tt/31oYkr8

No comments:

Post a Comment

Pages