आज अन्तराष्ट्रिय लागु पदार्थ तथा अवैध तस्करी विरुद्धको दिवसः वाङ्दा शेर्पाको अनुभव (भिडियो सहित) - Informative Sherpa Portal

Informative Sherpa Portal

Linking Community Online

Breaking

Home Top Ad

Post Top Ad

Thursday, June 25, 2020

आज अन्तराष्ट्रिय लागु पदार्थ तथा अवैध तस्करी विरुद्धको दिवसः वाङ्दा शेर्पाको अनुभव (भिडियो सहित)

काठमाडौँ, आज अन्तराष्ट्रिय लागु पदार्थ तथा अवैध तस्करी विरुद्धको दिवस । विश्वभर Better knowledge for better care भन्ने शन्देशका साथ मनाइ रहेको छ । विश्वव्यापी फैलिएको कोरोना भाइरसले गर्दा यस बर्ष यस दिवसलाई आफ्नै तरिकाले मनाइदै छ ।

हरेक वर्ष जुन २६ तारिखलाई अन्तराष्ट्रिय लागु पदार्थ तथा अवैध तस्करी विरुद्धको दिवसको दिवसको रुपमा संयुक्तराष्ट्र सघंले १९८७ बाट मनाउन थालिएको हो । युएनको २०१९ को तथ्यांकलाई हेर्ने हो भने ३५ लाख भन्दा बढी मानिसहरु लागुपदार्थको दुव्र्यासनिमा फसि रहेको देखाइएको छ ।

नेपालमा पनि यस दिवसलाई विभिन्न संघसस्था, रियाफ सेन्टरहरुले मनाइरहेको छ । यसै दिवसलाई मध्यनजर गर्दे ड्रक्स लिनु हुदैन (से नो टु ड्रक्स) भन्ने सन्देशका साथ युवाहरुको प्रेरणा बन्न सफल वाङ्दा शेर्पाले आज चावहिल गणेशथान मन्दिर नजिक दिव प्रज्वलन गर्ने कार्यक्रम तय गरेको जानकारी दिनु भएको छ ।

२१ वर्ष लामो समय एडिक्सन जिवन जिएका वाङ्दा शेर्पाले २१ बर्ष पछि नयाँ जिवन पाएको छ । उनले २०१९ मा सगरमाथाको सफल आरोहणसगै शिखरबाट से नो टु ड्रक्स अभियानको सुरुवात गरेको छ । अहिले वाङ्दा शेर्पा युवाहरुलाई यस ड्रक्स एडिस्कनमा लाग्नु हुन्न भन्ने सन्देश प्रवाह गरि रहेको छ ।

 

The post आज अन्तराष्ट्रिय लागु पदार्थ तथा अवैध तस्करी विरुद्धको दिवसः वाङ्दा शेर्पाको अनुभव (भिडियो सहित) appeared first on .



from https://ift.tt/2YC7C1n

No comments:

Post a Comment

Pages