कोरोना पछि विध्यालय कसरी संचालन गर्ने भन्ने चिन्ता छ – प्रधानध्यापक सुन्दर पन्त - Informative Sherpa Portal

Informative Sherpa Portal

Linking Community Online

Breaking

Home Top Ad

Post Top Ad

Wednesday, June 24, 2020

कोरोना पछि विध्यालय कसरी संचालन गर्ने भन्ने चिन्ता छ – प्रधानध्यापक सुन्दर पन्त

काठमाडौँ / नागार्जुन नगरपालिका – १० मा अबस्थित अमर ज्योति माबि स्युचाटारका प्रधानध्यापक सुन्दर पन्तले सामुदायिक विद्यालयहरुमा न्यून आय हुनेहरुका छोरा छोरीहरु पढ्ने हुदा अनलाइन कक्षा लिन तत्काल समस्या रहेको बताउनुभएको छ ।

नेपालमा सबै ठाउमा इन्टरनेट सुबिधा नरहेको भन्दै उहाले अनलाइन कक्षा लिन सबैको पहुच नपुग्ने बताउनुभयो। प्रधानध्यापक पन्तले ७२ सालको महाभूकम्प पछि बिद्यालय संचालन गर्न कठिनाइ भए जस्तै अहिले कोरोनाका कारण बन्द विद्यालय खुले पछि पनि बिधार्थिहरुमा त्रास नै सृजना हुने भन्दै उनीहरुलाई सल्लाह दिन समय लाग्ने समेत बताउनुभयो । कोरोना पछि कसरी बिध्यालय संचालन गर्ने भन्ने बिषयमा सरकारले समेत नसोचिरहेका बेला शिक्षकहरु समेत अन्योलमा रहेको पन्त बताउनुहुन्छ ।

एक अर्को प्रसंगमा प्रअ पन्तले एस ई ई परिक्षा हुनुपर्ने थियो भन्दै अब कि त सरकारले सदाका लागि एस ई ई खारेज गर्नुपर्छ होइन भने यो प्रभावकारी नहुने समेत बताउनुभयो । अब विद्यालय सुचारु गर्नका लागि अविभावक,शिक्षक बिधार्थीहरुको पिसिआर टेस्ट गर्नुपर्ने सुझाउदै पन्तले यस बाहेक पनि सामाजिक दुरी कायम गर्दै मास्क को प्रयोग गर्नुपर्ने सेनिटाइजर प्रयोग गर्नुपर्ने ,कक्षा कोठा सफा सुघार राख्नुपर्ने बताउनुहुन्छ ।

नेपाल शिक्षक संघका उप महासचिब समेत रहेका पन्तले शिक्षक संघको अध्यक्ष बाबुराम थापा सेवा बाट हटिसके पनि अध्यक्ष पदमै बसिरहनु न्याय संगत नभएको भन्दै पेशामै रहेका जो कोहीलाई अध्यक्ष स्विकार्न नेपाल शिक्षक संघ मन्जुर रहेको समेत बताउनुभयो ।

The post कोरोना पछि विध्यालय कसरी संचालन गर्ने भन्ने चिन्ता छ – प्रधानध्यापक सुन्दर पन्त appeared first on .



from https://ift.tt/2Zb9Fs2

No comments:

Post a Comment

Pages