शेर्पा संचार समुह नेपालद्धरा नव नियुक्त पदाधिकारीहरुलाई बदाई तथा सुभकामना - Informative Sherpa Portal

Informative Sherpa Portal

Linking Community Online

Breaking

Home Top Ad

Post Top Ad

Tuesday, June 23, 2020

शेर्पा संचार समुह नेपालद्धरा नव नियुक्त पदाधिकारीहरुलाई बदाई तथा सुभकामना


नेपाल सरकार मन्त्रीपरिषदको गत मंगलबार सम्पन्न बैठकले बौंद्ध दर्शन प्रबर्द्धन तथा गुम्बा विकास समितिको अध्यक्षमा बौंद्ध धर्मगुरु एवं नेपाल बौंद्ध महासंघका पूर्व केन्द्रीय अध्यक्ष खेन्पो गेशे थुप्तेन जिग्डोललाई अध्यक्षमा नियुक्त भएको खुशीयालीमा शेर्पा संचार समुह नेपाल केन्द्रीय कार्यालय काठमाडौंले समितिको कार्यालय पुल्चोकमा मंगलबार बधाई तथा शुभकामना कार्यक्रम गरेको छ ।

शेर्पा संचार समुह नेपालका केन्द्रीय अध्यक्ष निम्लेकी शेर्पा लगायतका पदाधिकारीहरुले नवनियुक्त समितिका अध्यक्ष खेन्पो गेशे जिग्डोललाई खादा अर्पण गरेर बधाईसहित कार्यकाल सफलताको लागि शुभकामना प्रदान गरेका छन् ।

शुभकामना प्रदान कार्यक्रममा नेपाल बौंद्ध महासंघका केन्द्रीय अध्यक्ष आचार्य नुर्वु शेर्पा, हिमालयन सांस्कृतिक केन्द्रका केन्द्रीय अध्यक्ष छिरिङ शेर्पा, महासचिव सेर्कु शेर्पालगायत विशिष्ठ महानुभावहरु रहनुभएको थियो ।



from Sherpa media Group Nepal https://ift.tt/2Z0n71W

No comments:

Post a Comment

Pages