काेराेना महामारी: प्रभावित जापानबासी नेपाली समुदाय - Informative Sherpa Portal

Informative Sherpa Portal

Linking Community Online

Breaking

Home Top Ad

Post Top Ad

Tuesday, June 23, 2020

काेराेना महामारी: प्रभावित जापानबासी नेपाली समुदाय

फुर्वा शेर्पा,जापान । काेराेना महामारीका कारण बिश्वमा लाखाै मानिसहरुले ज्यान घुमाइ सकेका छन् । जापानमा पनि महामारीका कारण सयाैकाे संख्यामा ज्यान घुमाउनु परेकाे छ ।जापानमा बसाेबास गर्ने नेपालीहरु भने काेराेना महामारी लागेर भन्दापनि काेराेना महामारीका कारण उत्पन्न समस्याबाट प्रताडित भएका छन् । जापानमा हालसम्म (२०२०/६/२३)मा ६ जना नेपालीहरुमा मात्र काेराना संक्रमण भेटिएकाे र संक्रमितहरु सबै निकाे भएर घर फर्कि सकेकाे सुखद खबर छ ।

चीनको युवान शहरबाट महामारी सुरु भएकाे केही महिनापछि जापानमा पनि काेराेना संक्रमण देखा पर्न थालियाे । संक्रमण बढ्न थालेपछि जापान सरकार आपातकाल घाेषणा गर्न बाध्य भयाे । करिव २ महिना लगाएकाे आपातकालले जापानबासी नेपालीहरुमा संक्रमण न्यूनीकरणमा ठुलाे मद्दत मिलेपनि धेरैले राेजगार घुमाउनुपर्याे । कम्पनी नचलेपछि बिध्यार्थीहरुकाे काम गर्ने सिफ्ट घटाइ दिएकाे छ । कलेज फि तिर्न न त नेपालमा लगडाउनकाे कारण गाह्राे भैरहेकाे छ ।

नेपालीहरुद्वारा संचालित रेष्टुरेन्टहरुमा कार्यरत कुक दाजुभाइहरु अहिलेसम्म दिग्दार भएर काेठामै बसेर दिन बिताउनुपरेकाे छ । काेराेनाकाे कारण कम्पनी बन्द भएपछि जापान सरकारबाट दिन थालेकाे राहत प्याकेज तथा सुविधा कहाँबाट कसरी लिने भन्नेमा धेरैजसाे अनबिज्ञ छ । साँहुहरु समक्ष खुलेर आफ्नाे समस्या ब्यक्त गर्न नसक्नु ,साेधीखाेजी गरेपनि सकारात्मक जवाफ नआएकाे गुनासाेहरु यत्रतत्र सुनिदै आइरहेका छन ।

जापान सरकारले काेराेनाकाे कारण जानकारी गराएर बाहिर अन्य कम्पनीमा हप्ताकाे २८ घण्टा पार्टटाइम काम गर्न मिल्ने नियम ल्याएकाे छ तर जापान प्रबेश गरेदेखि हालसम्म एउटै काम गरेर बस्न बाध्य नेपाली कुक दाजुभाइहरु आकाशकाे फल आँखा तरी मर भने झै भएकाे छ । जापानमा नेपाली रेष्टुरेन्टमा कार्यरत कुक दाजुभाइहरुले नेपाली रेष्टुरेन्टबाट भन्दापनि आफ्ना श्रीमतीले २/३ वटा पार्टटाइम काम गरेर हुने कमाइमा निर्भर रहेकाे पाइन्छ । ति डिपेन्डेन्ट दिदीबहिनीहरु कार्यरत कम्पनिहरुले काम नदिदा घर न घाँटकाे झै भएकाे छ । आम्दानी तथा आयस्राेत ह्वात्तै घटेपछि परिवारकाे गुजारा कसरी गर्ने भन्ने चिन्तासंगै कमाइ नभएपछि श्रीमानबाट बिभिन्न मानसिक यातनाहरु हुने भएकाेले मानसिक रुपमा कमजाेर हुन थालि सकेका छन ।

पढाइ सकेर हालै कम्पनीमा प्रवेश गरेका नेपाली बिध्यार्थीहरुलाइ काम गर्न दिइएकाे छैन । अरु कम्पनी याे समयमा पाउन नसक्दा उनीहरु पनि चिन्तामा देखिन्छ ।
धेरै पहिला कम्पनीमा स्युस्याोकु भैसकेका नेपालीहरु सिफ्ट घटाउने ,महिनावारी तलव पाउनुकाे साटाे काम गरे अनुसार घण्टाकाे हिसावले तलब दिने ,कम्पनिकाे ब्यापार ५०-७० प्रतिशतसम्म नभए यस्तै अवस्था रहिरहने जस्ता कुराहरु कम्पनीले जानकारी दिएपछि त्यसैमा चित्ता बुझाएर बस्नुकाे बिकल्प देखिदैन ।

सामाजिक संजालहरुमा पनि नेपालीहरुलाइ कामकाे समस्याले गाह्राे भइरहेकाे ,रेष्टुरेन्ट संचालकहरु काेराेनाकाे डरले ग्राहकहरु आउन छोडेको बताउछन ।
भिषा नपाएर समयमा नेपाल फर्कन नपाएका नेपालीहरु धेरै रहेकाे पाइन्छ । काेराेनाको कारण लामाे समय काम गर्न नसकेको र भिषा सकिएकाेले काम नपाउने चिन्तासंगै नेपालीहरुलाइ जापानमा महँगो पिसिआर गर्नुपर्ने र ट्राभलहरुसंग महंगाेमा हवाइ टिकट किनेर नेपाल फर्कनुपर्ने बाध्यता छ । उनीहरु खर्चहरु कहाँबाट कसरी जुटाउने भन्नेमा टाँउकाे दुखाइ रहेका छन ।
नेपाली कुटनीतिक नियाेगकाे रुपमा रहेकाे टाेक्याे दुतावासले नेपाल फर्कन चाहनेहरुकाे लागत संकलन गरी हवाइजहाज चार्टरकाे ब्यबस्थापनमा सहयाेग पुर्‍याउदै आइरहेकाे छ तर आर्थिक सहयाेग र राहत भने दिएकाे छैन ।

यसरी सरसर्ती हेर्दा जापानबासी नेपालीहरुमा काेराेना महामारीकाे डर भन्दा पनि काेराना महामारीका कारण उत्पन्न बिषम परिस्थितिले सिर्जना गराएकाे समस्या दीर्घकालीन रुपमा रहीरहने हाे कि भन्ने चिन्ता देखिन्छ । भाेलीकाे भबिष्य हामी सबैलाइ अज्ञात भएकाेले सम्भावित समस्याहरुबारे आजै सोच्नु पर्ने भएको छ ।

जापान सरकारबाट प्राप्त भएका राहत भविष्यमा पर्न सक्ने समस्या र ब्यवहारिक काममा सदुपयाेग गरौ । आपत्कालिन अवस्था हटाइएकाे छ, हिडडुलमा बन्देज छैन भनेर अनावश्यक र बिलासिता देखाउन छाेडाै । सचेत नागरिक भएर भोलीको दिनहरुलाई ख्याल गर्नु पर्ने तर्फ ध्यान दिन जरुरी छ ।

The post काेराेना महामारी: प्रभावित जापानबासी नेपाली समुदाय appeared first on .



from https://ift.tt/318N3uQ

No comments:

Post a Comment

Pages