लकडाउन - Informative Sherpa Portal

Informative Sherpa Portal

Linking Community Online

Breaking

Home Top Ad

Post Top Ad

Sunday, June 21, 2020

लकडाउन

चिनको युवान सहरबाट नोवेम्बर २०१९ बाट विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइसरले विश्वको जनजिवन लगायत विश्व अर्थतन्त्रलाई नै असर गरेको छ । लकडाउनको असर सवैमा परेको छ । लकडाउनको समयमा आत्महत्या, घरेलु हिसां, बलात्कार, डिप्प्रेसनका घटनाहरु घटी रहेका छन भने विहान बेलुकी ज्याला मजदुरी गरि जिविकोर्पाजन गर्ने मजदुरहरुको रोजीरोटी खोसिएको छ । कार्यलयमा काम गर्ने कर्मचारीहरु निकालिएका छन । धेरै युवाहरु बेरोजगार भएका छन । हजारौँले रोजगारी घुमाइएको छ । कोरोना सवैको जिवनमा एउटा रहस्य बनी आएको छ ।

अग्रेजी नयाँ वर्ष २०२० सुरुवातीसगैँ धेरैले आप्mना सपनाहरु बुधेका थिए होला, योजना बनाएका थिए होला, जिवनलाई नयाँ दिशामा लागे गहकिला योजना र खुट्किलाहरु पार गर्ने सपना बुधेका थिए होला तर यी सपना विश्वव्यापी फैलिएको कोरोना भाइरस कोभिड १९ ले चकनाचुड बनाएको जस्तो लाग्छ ।

नेपालीले नेपालीहरुको नयाँ बर्षसमेत मनाउन पाइएन । मात्र सामाजिक संजाल मार्फत शुभकामना आदनप्रदान गरि मनाएका थिए । भाइरसले गर्दा नेपालमा सुरु भएको भिजिट नेपाल २०२० पनि स्थगित गर्नु परेको छ । नयाँ बर्ष नयाँ उमङ्गका साथ आउने गर्छ भन्छ तर यस बर्ष कोरोना भाइरसका साथ आयौ । यसले धेरैको जिवनमा असर गरेको छ ।
एका तर्फ भाइसरको डरले घर परिवारसगँ समय विताउन पाइ रहेको छ भने अर्को तर्फ काम नहुदा बेरोजगार भएर बस्न बाध्य भएका छन । जिवनलाई सरल तरिकाले लिनु पर्ने रहेछ भन्ने सिकाएको छ । भाइरसले धनी गरिव नभन्ने रहेछ । भाइरसको चपेटामा विश्वका धेरै मानिसहरु परेका छन । आजसम्मको तथ्याङ्कलाई हेर्ने हो भने विश्वमा ८,७९१,७९४ संक्रमित, ४६४,०३९ जनाको मृत्यु भइ सकेको छ ।

लकडाउन नेपाल
प्रया देशहरु भाइरसलाई साम्य पार्न लकडाउनमा छ । आफ्ना देशका नागरिकलाई सुरक्षा प्रदान गर्नका लागि लकडाउन गरिएको हो । नेपालमा पनि लकाउन छ । नेपालमा लकडाउनसर्गै बार्षिक बजेट, लिपुलेक, कालापानी, लिप्याधुरा समेटिएको नयाँ नस्सा सार्वजनिक गरेको छ । नेपालमा भाइरससगैँ स्वास्थ्य सामग्री खरिदमा घोटला भएको देखि लिएर प्रधानमन्त्रीको भाइरस सम्बन्धी भाषणले सामाजिक संजाल लगायत संचार माध्यम प्रचारबाजी भइरहेको छ । यो कठिन घडिमा सर्वसाधरण जनताको हितमा भन्दा पनि कमाउने तर्फ लागेको जस्तो अनुभव लकडाउनमा नेपाली जनताले गरेका छन । भाइरसबाट लड्न सरकार जनताको साथमा नभएको अनुभव गरेका छ । १० अर्व भाइरस न्युनिकरण गर्नमा सरकारले खर्च गरिएको स्वास्थ्य मन्त्रालयको विज्ञाप्ती सुनेपछि नेपाली युवा जमात भाइरसको प्रवाह नगरि सडकमा निस्केका छन । पहिलो चरण बालुवाटारमा १० करोडको हिसाव किताव प्रष्ट पार्न माग गर्दै शान्तिपुर्न आन्दोलनमा नेपाल प्रहरीले पानीको फोहोरा युवा जमातलाई हानेका थिए । शान्तिपुर्ण आन्दोलनमा यस्तो गर्नु भनेको युवाहरुलाई अन्याय भएको अनुवभ गर्छु । यो कुनै राजनितिक दलले परिचालन गरेको आन्दोलन हैन । सचेत नेपाली युवाहरुको जमात हो । यसमा साथ दिन हजारौँ युवाहरु सडकमा आएका छन । युवाहरुलाई साथ दिन बुवाआमाहरु पनि साथमा आएका छन । प्रया आन्दोलनमा नपठाउने बुवाआमाले यस शान्तिपुर्ण आन्दोलनमा आफ्ना छोराछोरीलाई पठाइएका छन । आफ्नो छोराछोरीले गरेका आन्दोलन देशको हितका लागि हो भनी बुवाआमा गर्वका साथ सामाजिक संजालमा स्टाटस लेखेर गर्व महसुज गरेको देखेका छौ ।

लकाउनमा नेपालमा आत्महत्याका घटना, जातिय छुवाछुतको घटनाहरु घटी रहेका छन । देश लकडाउनमा छ तर पनि जातिय हिंसाको घटना घटी रहेको छ यसले समाज कुन दिशामा गइ रहेको छ भनी चित्रण गर्छ । देशलाई विकाश गर्न शिक्षा आवश्यकता हुन्छ । जातीले देश विकास हुने हैन । समाजमा जनचेतनाको कमी रहेको छ । रुकुम घटना दुख लाग्दो छ । आफ्नो प्रेमिका लिन गएका नवराज विकसहित ६ जना युवाहरुले ज्यान घुमाउनु परेको छ । माया प्रेममा पनि जातिया विभेद कहाँ छ नेपाली समाज ? यस घटनाले जातिया हिंसा सम्बन्धी काम गर्दै आएका संघसस्थाहरुलाई पनि प्रश्न चिन्ह खडा गरेको छ । कहाँ गयौँ त सामाजिक अभियानहरु यही हो जातिया हिसां विरुद्ध चालिएका कदम ? यी नै हुन त चेतना फैलाइएको ? यसको मुख्य जड भनेको शिक्षा र सामाजिक परम्परा रहेको छ । यसलाई सचेत नेपाली युवाहरु निर्मुल पार्नु पर्छ ।
लकडाउनका सकारात्मक, नकरात्मक पक्ष ।

जव चैत्र ११ गतेबाट लकडाउन सुरु भयो यसले सवैको दैनिक जिवन नै परिवर्तन गरि दियो । सधै सवेरै उठेर अफिस, आप्mनो व्यापार व्यावसाय गर्न निस्कनेहरु घरमा नै बस्नु परेको छ ।

सकरात्मक पक्ष
सधै काम, कार्यलयमा व्यास्त रहनेहरुले घरपरिवारलाई समय दिन पाएका छन ।
समयको महत्वलाई बुझ्न सकेका छन ।
घर बस्दा परिवार आफन्तहरुलाई समय दिन पाएका छन ।
कठिन घडीमा सरल तरिकाले लिनु पर्ने रहेछ भनी सिक्न पाएका छन ।
सामाजिक सेवाको भावनामा बृद्धि भएको छ ।

नकारात्मक पक्ष 
विहान बेला ज्याला मजदुरी गरि जिविकोर्पाजन गर्नेहरुलाई असर गरेको छ ।
धेरैले रोजगारी घुमाउनु परेको छ । यसको असर युवापिडीमा परेको छ ।
विश्व अर्थतन्त्रलाई असर गरेको छ ।
आत्महत्या, बलात्कार, जातिय हिसांको घटनाहरुमा बृद्धि भएको छ ।
लकडाउनले विश्वलाई नै उथलपुथल पारिएको अवस्थामा नेपालमा पनि असर परेको छ । यसको असर केही गर्छु भनी हिडेका युवाहरुको योजनामा असर गरेको छ भने अर्को यसले नयाँ पाठ सिकाएको छ । घरमा नै बसेर पनि धेरै कार्यहरु गर्न सकिएको छ । लकडाउनमा सामाजिक संजालहरुबाट सामाजिक कार्यहरु भइ रहेको छ । जमघट हुन नसकेपनि अनलाइन मार्फत नै मिटिङहरु गरि रहेका छन । यसले जिवनलाइ सरल तरिकाले लिनु पर्ने रहेछ भन्ने सिकाएर गएको छ ।

The post लकडाउन appeared first on .



from https://ift.tt/2V50Izp

No comments:

Post a Comment

Pages