टिगानका अध्यक्ष कर्ण घलेको स्वास्थ उपचारका लागि रकम हस्तान्तरण  - Informative Sherpa Portal

Informative Sherpa Portal

Linking Community Online

Breaking

Home Top Ad

Post Top Ad

Friday, June 19, 2020

टिगानका अध्यक्ष कर्ण घलेको स्वास्थ उपचारका लागि रकम हस्तान्तरण 

ट्रेकिङ गाईड एसोसियसन अफ नेपालका अध्यक्ष कर्ण घलेको स्वास्थ उपचारको लागि रकम हस्तान्तरण गरिएको छ । अध्यक्षको स्वास्थ अवस्थामा समस्य आएपछि संस्थाका कार्य समितिको पहलमा रकम संकलन गरिएको हो । संस्थाका सह कोषध्यक्ष सोनाम शेर्पा र सदस्य वाङडा शेर्पाको पहलमा संकलन गरिएको एक लाख उनन्चालिस हजार एक सय पच्पन्न रुपैयाँ अध्यक्षलाई हस्तान्तरण गरिएको छ । संस्थाको उपाध्यक्ष, महासचिव लगायत कार्यसमितिको उपस्थितिमा रकम हस्तान्तरण गरिएको सह कोषध्यक्ष सोनाम शेर्पाले जानकारी दिनु भयो । रकम कार्यसमिति र विभिन्न व्याक्तित्वहरुबाट संकलन गरिएको हो ।

अध्यक्ष घले विगत लामो समयदेखि सुगर, उच्चरगतचाप,जस्ता रोगका समस्यामा रहेको थियो । कोरोना भाईरसका कारण नेपालमा बन्दबन्दी अर्थात लकडाउनको कारण टिचिङ अस्पताल समेत बन्दा भए पछि उपचारमा ढिलाई हुँदा एक्कासी दुबै मृगौलामा समस्या देखेको उहाँले बताउनु भयो । दुबै मृगौलामा समस्य देखेपछि ट्रेकिङ गाईड एसोसिएसन अफ नेपालको कार्यसमितिले सामाजिक संजाल फेसबुक पेजबाट सहयोगको अपिल गरेको थियो । कर्ण घले ट्रेकिङ गाईड एसोसिएसन अफ नेपालका अध्यक्षमा रहेर ट्रेकिङ गाईडहरुको हक अधिकारको लागि निरन्तर आवाज उठाइ रहनु भएको छ । भने विभिन्न सामाजिक संघ संस्थामा आवद्ध रहेर सामाजिक कार्यमा समेत सक्रिया रहन्दै आई रहेको छ ।



from Sherpa media Group Nepal https://ift.tt/3hK2D6b

No comments:

Post a Comment

Pages