साउन महिनाबाट हिमाल सफाइ अभियान सुरु हुने: पर्यटन मजदुरलाई राहत - Informative Sherpa Portal

Informative Sherpa Portal

Linking Community Online

Breaking

Home Top Ad

Post Top Ad

Friday, June 19, 2020

साउन महिनाबाट हिमाल सफाइ अभियान सुरु हुने: पर्यटन मजदुरलाई राहत

काठमाडौं, असार ५ । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाईरसले नेपालको पर्यटन क्षेत्र ठप्प रहेको छ । यसको असर हजारौ पर्यटन मजदुरहरुमा परेको छ ।
सिजन सुरु हुनै लाग्दा नेपाल हिमाल आरोहण गतिविधी भाईरसले गर्दा रोकिएको थियो ।
अब बेरोजगार रहेका पर्यटन मजदुरहरुले हिमाल सफाइ अभियानबाट रोजगार पाउने भएको छ । नेपाल पर्वतारोहण संघ (एनएमए) को पहलमा सरकारले साउन दोस्रो साताबाट हिमाल सफाइ अभियान सुरु गर्ने तयारी गरेको छ । यस सम्बन्धमा अन्तिम तयारी भइरहेको नेपाल पर्वतारोहण संघकी उपाध्यक्ष माया शेर्पाले जानकारी दिनुभयो ।

हिमाल आरोहन सिजनमा ठप्प हुँदा रोजगारी घुमेर बेरोजगार भएका पर्वतारोही, पथप्रदर्शकदेखि सहयोगीहरुलाई राहत होस् भनी संघको पहलमा हिमाल सफाइ अभियान सुरु गर्ने भएको हो । यस सम्बन्धमा तयारी अन्तिम चरणमा पुगेको उपाध्यक्ष शेर्पाले जानकारी दिनुभयो ।

 

The post साउन महिनाबाट हिमाल सफाइ अभियान सुरु हुने: पर्यटन मजदुरलाई राहत appeared first on .



from https://ift.tt/3emqnLK

No comments:

Post a Comment

Pages