अमेरिकामा COVID-19 का कारण प्रतिदिन ३ हजारको मृत्यु हुनसक्ने ! - Informative Sherpa Portal

Informative Sherpa Portal

Linking Community Online

Breaking

Home Top Ad

Post Top Ad

Thursday, May 7, 2020

अमेरिकामा COVID-19 का कारण प्रतिदिन ३ हजारको मृत्यु हुनसक्ने !


जुन १ सम्ममा अमेरिकामा कोरोना भाइरसका कारण हुने मृत्यु प्रतिदिन ३ हजार र संक्रमणदर २ लाख पुग्ने एक आन्तरिक रिपोर्टले देखाएको छ। दुई दर्जनबढी अमेरिकी राज्यको जारी कोरोना महामारीकाबिच अर्थतन्त्र खोल्ने घोषणाकापछि यस्तो रिपोर्ट सार्वजनिक भएको हो। अमेरिका कोरोना महामारीबाट सर्वाधिक प्रभावित मुलुक हो। सोमबारसम्म त्यहाँ १२ लाख मानिसमा संक्रमण पुष्टि भएको छ भने मृतक संख्या ६९ हजार बढी पुगिसकेको छ।

महामारीका कारण अमेरिकाको अर्थ व्यवस्था रोकिएको छ भने ३ करोड मानिसले वेरोजगार सुविधाको माग गरेका छन्। विभिन्न मिडिया रिपोर्टहरूले एक आन्तरिक रिपोर्टलाई उल्लेख गर्दै जुन १ सम्ममा कोरोना संक्रमित अमेरिकामा प्रति दिन २ लाख हुने मृत्युदर ३ हजार हुने बताएका हुन्। ‘संख्याले वास्तविक्ता देखाइरहेको छ। सात हप्तादेखि अमेरिका हराइरहेको छ र खासै परिवर्तन पनि भएको छैन। पुनः अर्थतन्त्र खोल्दा यसले समस्यालाई झनै नराम्रो बनाउनेछ’, न्यू योर्क टाइम्सले भनेको छ।


‘अझै ठूलो संख्याका काउन्टीहरूको बोझ बढिरहेको छ’, चेतावनी अमेरिकी रोग नियन्त्रण तथा रोकथाम केन्द्र(सिडिसी)ले दिएको सो दैनिकले जनाएको छ।
यध्यपी ह्वाइट हाउस र केन्द्र दुबैले रिपोर्टलाई अस्वीकार गरेका छन्। सार्वजनिक भएको रिपोर्टको स्लाइडमा केन्द्रको लोगो भएको दि वासिङटन पोस्टले उल्लेख गरेको छ। रिपोर्टका अनुसार यो प्रक्षेपण जोन हप्किन्स ब्लुमवर्ग स्कूल अफ पब्लिक हेल्थका इपिडेमियोलोजीका सहायक प्रोफेसर जस्टिन लेसलरले तयार पारेका हुन्। तर उनले सो रिपोर्टको प्रस्तुति र प्रसारणमा आफ्नो संलग्नता नरहेको बताएका छन्।


उनले आफूले सो डाटा सिडिसीसमक्ष प्रस्तुत गरेको र त्यसलाई पूर्वानुमान गर्ने हिसाबले तयार नपारिएको बताए। उनले सो संस्करणको कसरी सरकारी अधिकारीहरूबाट स्लाइड बन्यो र समाचार संस्थामा गयो भन्ने बारेमा आफू अनविज्ञ भएको द वासिङटन पोस्टसँग भनेका छन्।
‘त्यहाँ परिदृश्यहरू छन् जसले अवस्था छिट्टै नियन्त्रणबाहिर जाने देखाउँछ’, उनले भने। ह्वाइट हाउसका प्रवक्ता जुड डिरेले यो सरकारी कागजपत्र नभएको बताएका छन्।

– एजेन्सीको सहयोगमा


The post अमेरिकामा COVID-19 का कारण प्रतिदिन ३ हजारको मृत्यु हुनसक्ने ! appeared first on .



from https://ift.tt/2WzYhER

No comments:

Post a Comment

Pages