चिवाङ गाेन्पामा महान् पर्व मणिरिम्डु सम्पन्न - Informative Sherpa Portal

Informative Sherpa Portal

Linking Community Online

Breaking

Home Top Ad

Post Top Ad

Saturday, October 27, 2018

चिवाङ गाेन्पामा महान् पर्व मणिरिम्डु सम्पन्न

शेर्पा समुदायकाे महान पर्व रूपमा मानिने माणिरिम्डु साेलुखुम्बुकाे चिवाङ गाेन्पामा  समापन भएकाे छ । तिब्बती पात्राेलाई आधार मानेर मनाउने याे पर्व कार्तिक या मंसिर महिनामा पर्ने गर्दछ ।

परम पुज्यनीय धर्म गुरू साङसाङ रिन्पाेछेबाट विविध धार्मिक विधीहरू गरी आेङ् अभिषेक प्रदान गर्नुभएकाे थियाे । एक हप्ता सम्म चल्ने माणिरिम्डुमा साेलुखुम्बु, अाेखालढुंगा, रामेछाप, दाेलखा लगायत अन्य जिल्लाका धर्मालम्बीहरू पनि आउने गर्दछन् । शेर्पा समुदायकाे एक महत्वपूर्ण गाेन्पाकाे रूपमा चिनिने चिवाङ गाेन्पामा विदेशी पर्यटकहरूकाे पनि बाक्लाे उपस्थिति रहने गर्दछ ।

Mani Rimdu

मणिरिम्डु मुख्यतय संसार भरिका सम्पूर्ण प्राणीहरूकाे सुख शान्ति र दीर्घायूकाे कामनाका लागि मनाउने गर्दछ । माणिरिम्डु सम्बन्धी आचार्य सार्की शेर्पाका अनुसार:

सन् १९१९ भूमि स्त्री, भेडा वर्षमा परम श्रद्धेय जारोङ ङावाङ तेन्जीन नुर्वुज्यू तेङ्बोचे गोन्पाको प्राण–प्रतिष्ठान (रब्ने) कार्यक्रमको लागि खुम्बु क्षेत्रमा पाल्नु हुँदा महाकारुणिक सुगत संग्रह (थुग्जेछेन्पो देश्येग कुनदु) पूजा विधिबाट मणिरिल्डुपको महासिद्धि मात्र नभएर जससँग सम्बन्धित नृत्य परम्परा गर्नु पर्ने उहाँको आदेश अनुसार तेङ्पोछे, थामे र चिवाङ गोन्पाका धर्मगुरुहरू स्वतस्फूर्त रूपमा एकता भई नृत्य परम्परा शुरु गरिएको थियो । जुन नृत्य परम्परालाई अहिले पनि अटुट रूपमा थामे गोन्पामा भोट चन्द्रपात्रो अनुसार चौथौं महिनामा, चिवाङ गोन्पामा छैटौं महिनामा र तेङ्पोचे गोन्पामा नवौं महिनामा यो उत्सव मनाउने गरिन्छ ।

मणि रिल्डुपको पूर्व तयारीको लागि आर्य अवलोकेतेश्वरको साधना विधि अनुसार मण्डल निर्माण गरी पूजा सम्पन्न गरिन्छ । सर्व प्रथम मण्डलको स्थापना गर्न आवश्यक पर्ने स्थानको लागि भूमिपतिलाई पूजा गरी मण्डल तथा पूजामा आवश्यक पर्ने पूजा सामग्रीहरू तयार गरिन्छ । तत्पश्चात् चार दिकपालहरूलाई पूजा गरी मणिरिल्डुप पूजा सम्पन्न नभएसम्म कुनै बाधा नहोस् भनी सिमाना तय गरिन्छ ।

जसलाई स्थानीय भाषामा थोदेम्बु भनिन्छ । माणिरिल्डुपमा विषेश गरी आर्य अवलोकेतेश्वरको पाठपूजा र साधना गर्ने गर्दछ । आर्य अवलोकितेश्वरको मन्त्र ओम् आ हूँ ह्रीः ओम् मणि पद्मे हुँ निरन्तर रूपमा धेरै दिनसम्म जप गरी मणि रिल्वु अर्थात् मन्त्र गोली चक्कीलाई सिद्ध गरिन्छ । सार्वजनिक समारोहको पहिलो दिन रिन्पोछेज्यूबाट गाउँले भक्तजनहरूलाई दीर्घायु अभिषेक (छेवाङ) प्रदान गरिन्छ । अभिषेक (छेवाङ) को साथमा उक्त सिद्ध गरिएको मणि रिल्वु (मन्त्र गोली चक्की) लाई उपस्थित सबैलाई प्रसादको रूपमा वितरण गरिन्छ । मणिरिल्डुपको सार्वजनिक समारोह आयु अभिषेक, धार्मिक नृत्य, अग्नी पूजा, मण्डल विसर्जन गरी करिब चार दिनको हुने गर्दछ ।

Mani Rimdu

तस्बिर : आङ काजी शेर्पा(किसन)को फेसबुक बाट



from Online Nepali News, Himali News, Himali sandesh, Live News https://ift.tt/2SnaPfQ

No comments:

Post a Comment

Pages