शान्ति र मानवताका लागि बज्रकिल्या प्रडक्सन प्रालीको घोषणा - Informative Sherpa Portal

Informative Sherpa Portal

Linking Community Online

Breaking

Home Top Ad

Post Top Ad

Sunday, October 28, 2018

शान्ति र मानवताका लागि बज्रकिल्या प्रडक्सन प्रालीको घोषणा

काठमाडौँ, कात्तिक १२ । शान्ति र मानवताका लागि भन्ने मुल सन्देशका साथ बज्रकिल्या प्रडक्सन प्रालीको औपचारिक रुपमा घोषणा ए वान पार्टी प्यालेस चावहिलमा भएको छ । महाकरुणा फाउन्डेशन इन्डियाका अध्यक्ष धर्म गुरु जम्पा फुर्वु दोर्जै रिन्पोचेको प्रमुख आतिथ्यमा प्रडक्सन प्रालीको घोषणा भएको हो ।

नेपाली कला, सांस्कृति, प्रकृतिक सुन्दरतालाई चलचित्र, बृत्तचित्रको माध्यमबाट विश्वमाझ लैजाने उद्देश्यका साथ बज्रकिल्या प्रडक्सन प्राली संचालन गरेको संचालक तेन्जिङ भुटियाले जानकारी दिनुभयो । यसले विशेषगरि फिक्सनल फिल्महरु उत्पादन गर्ने, च्यारेटी सोहरु गरि नेपालको शिक्षा, स्वास्थ्य क्षेत्रमा सहयोग गर्ने लक्ष्य रहेको भुटियाले जानकारी दिनुभयो ।
करिब १ करोडको लगानीमा संचालन गरिएको यस प्रडक्सन प्रालीले विशेषगरि नेपालीपन झल्काउने चलचित्र, बृत्तचित्र निमार्ण गरि विश्वका विभिन्न देशमा हुने चलचित्र महोत्सवहरुमा लैजाने र नेपाललाई चिनाउने रहेको छ । भने च्यारेटी सोका लागि विदेशी कलाकारहरुलाई नेपालमा निमन्त्रणा गरि कार्यक्रमहरु गर्ने रहेको छ ।
धर्म गुरु जम्पा फुर्वु दोर्जै लामा रिन्पोचे र तेन्जिङ भुटियाको संयुक्त लगानीमा यो प्रडक्सन हाउस संचालन भएको हो । यसले हालै धर्म गुरु जम्पा फुर्वु दोर्जे लामा रिन्पोचेको जिवनीमा आधारित “हिमालयन लामा” नामक बृत्तचित्र निमार्ण गरिरहेको छ ।
धर्म गुरु जम्पा फुर्वु दोर्जे लामा रिन्पोचे एक धर्म गुरु भएर पनि नेपाललाई चिनाउन विभिन्न अन्तराष्ट्रिय स्तरका चलचित्र महोत्सवहरुमा सहभागीता जनाउदै आउनुभएको छ । उहाले फ्रान्समा आयोजित विश्वकै सबैभन्दा ठुलो चलचित्र महोत्सव क्यानस फिल्म फेस्टिबलको रेड कार्पेटमा दसौ पटक उपस्थित जनाइ सक्नु भएको छ हलिउड चलचित्र कालचक्रको सहनिर्माता हुनु हुन्छ । उहाँले यसै बर्ष थाइल्याण्डमा पिस अवार्ड २०१८ बाट सम्मानित हुनु भएको छ । नेपाललाई नजिकबाट नियाली रहनु भएका धर्म गुरु नेपाललाई चलचित्र र बृत्रचित्रका माध्यमबाट चिनाउन चाहन्छन ।

 



from Online Nepali News, Himali News, Himali sandesh, Live News https://ift.tt/2Sq4FMc

No comments:

Post a Comment

Pages