शेर्पा किदुग साइप्रसले मृगौला रोग पिडित बुद्धि माया तामाङ र आफ्नो दाया खुट्टा गुमाएका पासाङ शेर्पालाई आर्थिक सहयोग हस्तान्तरण गरेको छ । लामो समयदेखि दुवै मृगौला रोगबाट ग्रसित सिन्धुपाल्चोककी बुद्धि माया तामाङलाई रु ५९ हजार र मलेसियाबाट आफ्नो खुट्टा गुमाएर आएका सोलुखुम्बु नेचाका पासाङ शेर्पालाई रु १७ हजार ५ सय रुपैया शेर्पा किदुगका कार्यवाहक अध्यक्ष्ँ सोनाम शेर्पा र संस्थाका पुर्व उपाध्यक्ष्ँ ल्हमु शेर्पाले संयुतm रुपमा रकम हस्तान्तरण गर्नु भएको छ । सिन्धुपाल्चोक भोटेकोशि गाउ“पालिका मार्मिङ भेमथाङ निवास बुद्धि माया तामाङ विगत एक वर्ष देखि उपचार गरिरहेकी छिन । उनी अहिले काठमाडौको ब्लु क्रश अस्पतालमा उपचार गराइ रहेकी छिन । शेर्पा किदुग साइप्रसको पहलमा रोजगारीका सिलसिलामा साइप्रसमा रह“दै आएका नेपालीहरुबाट संकलन भएको रकम विरामीलाई हस्तान्तरण गरेको कोषाध्यक्ष सोनाम शेर्पाले जानकारी दिनुभयो । लामो समय सुष्मा कोइराला अस्पतामा उपचार पछि अहिले पासाङ शेर्पा बैशाखीको साहारामा काठमाडौको नारायणथानमा सानो होटल सञ्चालन गरिरहेको छ । उनी अझै पनि उपचारथ छन ।
from Sherpa media Group Nepal https://ift.tt/2OV1yOg
No comments:
Post a Comment