नाम्ग्याल झ्याङ्छ्युब गुम्बामा आगलागी, १ करोडको क्षति - Informative Sherpa Portal

Informative Sherpa Portal

Linking Community Online

Breaking

Home Top Ad

Post Top Ad

Saturday, October 27, 2018

नाम्ग्याल झ्याङ्छ्युब गुम्बामा आगलागी, १ करोडको क्षति

काठमाडौं तीनचूलीमा रहेको नाम्गेल झ्याङछ्युव छ्योलिङ गुम्बामा सुक्रबार राति लागेको आगलागीबाट लाखौंको क्षति भएको छ । विद्युत सर्ट भई शुरु भएको आगलागि नजिकै रहेको जेनेरेटरमा सल्किएको बताइएको छ । जेनेरेटरमा आगो सल्किएपछि आगो अनियन्त्रित भई गुम्बामा क्षति पुगेको हो ।

आगलागीबाट बहुमूल्य बुद्ध मूर्तिहरु, पूजा सामग्री, थाङ्का, फर्निचर, धार्मिक पुस्तक, कम्प्युटर लगायत जलेर ठूलो क्षति भएको छ । आगलागीबाट करिब १ करोड १३ लाख ४२ हजार क्षति भएको अनुमान गरिएको छ । क्षति भएको गुम्बाका सदस्य वशन्त लामाले बताउनु भयो ।

राति नौ बजे शुरु भएको राती काठमाडौंका ३ वटा दमकलको सहयोगमा ३ घण्टापछि आगो नियन्त्रणमा आएको थियो । १० वर्षअघि अवतारी लामा टुल्कु लोसाङ नाम्ग्यालले निर्माण गरिएको तीनचुलीस्थित नाम्गेल झ्याङछ्युव छ्योलिङ गुम्बामा बौद्ध शिक्षा, पुजापाठ हुँदै आएको छ ।

Source:sailungonline



from Online Nepali News, Himali News, Himali sandesh, Live News https://ift.tt/2AvdsFx

No comments:

Post a Comment

Pages