अनिश्चितकालिन तिङला बन्दको घोषणा, ठाउँ ठाउँमा रुख ढालेर सडक अवरुद्ध हुदाँ सवारी आवगमन ठप्प । - Informative Sherpa Portal

Informative Sherpa Portal

Linking Community Online

Breaking

Home Top Ad

Post Top Ad

Saturday, January 18, 2020

अनिश्चितकालिन तिङला बन्दको घोषणा, ठाउँ ठाउँमा रुख ढालेर सडक अवरुद्ध हुदाँ सवारी आवगमन ठप्प ।

सोलुखुम्बु : सोलुखुम्बुको सोलुदुधकुण्ड नगरपालिका ११ तिङलाका स्थानियले आईतबार तिङला बन्दको घोषणा गरेका छन् । तिङलालाई बेवास्था गर्दै जिल्लामा केन्द्रिय प्रसारण लाईन उद्धघाटन कार्यक्रमको पत्तालेबाट गर्न लागेको भन्दै उनीहरुले अनिश्चित कालका लागी तिङला बन्दको घोषणा गरेका हुन् । हाईड्रोपावरको मुख्य प्रभावित क्षेत्र तिङला भएपनि प्रभावित क्षेत्रमा नै विद्युत विस्तार नगरि उद्धघाटन गर्न लागेकाले आन्दोलन गर्न बाध्य बनेको उनीहरुको दाबी छ ।

विरोधमा आन्दोलनकारीहले ठाउँ ठाउमा रुख ढालेर सडक अवरुद्ध गरेका छन् भने बाटोमा टायर बालेर बसेको स्थानिय निर कुमार नेपालीले जानकारी दिनुभयो । सडक अवरुद्ध हुदा सोलुखुम्बुबाट राजधानी तथा जिल्ला बाहिरीने कुनै पनि सवारी साधन चल्न सकेका छैन् । भने तिङलका सबै शैक्षिक सस्थां तथा कार्यलयहरु समेत खुल्न नसकेको बताइएको छ ।

सोलुखुम्बुलाई केन्द्रिय प्रसारण लाईनमा जोडने कार्यक्रमको सोलुदुधकुण्ड नगरपालिका ८ पत्तालेबाट सघिंय सासंद हेम कुमार राईले शनिबार उद्धघाटन गर्ने कार्यक्रम थियो । सो कार्यक्रम उद्धघाटनमा अतिथिहरु जादै गर्दा झडप हुदाँ ११ ओटा मोटर साईकल र एक ओटा बोलेरो जिप जलाएका छन् । झपडमा दुबै पक्षका केहि ब्याक्ति घाईते भएको जिल्ला प्रसाशन कार्यलय सोलुखुम्बुले जनाएको छ । साथै कार्यक्रमको विरोधमा तिङलालीले विहिबार नेपाल विद्युत प्राधिकरण विद्युत वितरण केन्द्र सल्लेरीमा विहिबार नै ज्ञापन पत्र बुझाएका थिए । उनीहरुले कार्यक्रम बहिस्कार गरेर शनिबार देखि नै तिङला बन्दको आवहन गरेको थिए । तर विना तयारी र निकाशको पाटो नखोजि आयोजकले कार्यक्रम उद्धघाटन गर्न खोज्दा राज्यले ठुलो क्षति बेहोर्नु परेको जानकारहरु बताउँछन् ।

कार्यक्रम विफल भएपछि आयोजक नेपाल विद्यूत प्राधिकरणले सल्लेरीमा गरेको पत्रकार सम्मेलनमा बोल्दै सघिंय सासंद हेम कुमार राई सुरविरले विकास विरोधी तत्वहरुले जनतालाई उत्तेजित पार्दा घटना हुन पुगेको आरोप लगाउँनुभएको छ । उद्धघाटन पश्चात २ बर्ष भित्र जिल्लाको सबै क्षेत्रमा ग्रामिण विद्युतीकरण विस्तार गर्ने योजना भएपनि विकासमा राजनिति हाबी हुदाँ यस्तो स्थिती सृजना भएको सासंद राईको दाबी छ । जनतालाई गलत सन्देश प्रभाह गरि उत्तेजित बनाउँदा ठुलो क्षति भएको सासंद राईको भनाई छ ।

तिङलाबासीको माग प्रति आफुहरु सकारात्मक भएपनि केहि जनप्रतिनिधिहरुले विकासमा राजनिति गर्दा घटना भएको उहाँको दाबी छ ।

@solu fm

The post अनिश्चितकालिन तिङला बन्दको घोषणा, ठाउँ ठाउँमा रुख ढालेर सडक अवरुद्ध हुदाँ सवारी आवगमन ठप्प । appeared first on .



from https://ift.tt/2NHqBl7

No comments:

Post a Comment

Pages