कोरियाले पुनः प्रवेशको सुबिधा दिने भएपछी स्वदेश फर्किने अबैधानिक कामदारको संख्यामा बृद्वी - Informative Sherpa Portal

Informative Sherpa Portal

Linking Community Online

Breaking

Home Top Ad

Post Top Ad

Saturday, January 18, 2020

कोरियाले पुनः प्रवेशको सुबिधा दिने भएपछी स्वदेश फर्किने अबैधानिक कामदारको संख्यामा बृद्वी

स्व – इच्छाले कोरिया छाड्ने बिदेशी कामदारको संख्या बढ्न थालेको छ l केहि महिना पहिला कोरियाको न्याय मन्त्रालयले सन् २०२० को जुन सम्म स्व- इच्छाले देश छाडे पुनः कोरिया प्रवेशको लागि ढोका खुल्ला रहने सुबिधा दिए संगै सो संख्या बढेको हो l

इन्छन अध्यागमन विभागका अनुसार यो महिना १४ दिनको अबधिमा ३६९ जना अबैधानिक कामादारले कोरिया छाडेका छन् l सो संख्या गत नोभेम्बरमा ४३३ थियो भने डिसेम्बरमा ७२० जनाले कोरिया छाडेका थिए l

कोरियाले तोकिएको अबधि भित्रै स्व- इच्छाले देश छाड्नेहरुको लागि स्वदेश फिर्ती शुल्क समेत छुट दिने सुबिधा दिएको छ l उनीहरुले चाहेको खण्डमा ९० दिनको पुनःप्रवेश भिषा समेत प्राप्त गर्न सक्नेछन l साथै मल्टिपल भिषाको लागि पनि उनीहरुलाई कुनै रोकतोक हुने छैन l

न्याय मन्त्रालयले गत डिसेम्बर ११ तारिकमा उक्त नीति ल्याएपछि इन्छन , ख्याङ्गिदो .आन्सान ,बुछन लगायतका अध्यागमन विभागहरुमा ४० प्रतिशत अबैधानिक कामदार स्वदेश फर्किको लागि सम्पर्कमा आइसकेको बताइएको छ l

The post कोरियाले पुनः प्रवेशको सुबिधा दिने भएपछी स्वदेश फर्किने अबैधानिक कामदारको संख्यामा बृद्वी appeared first on .



from https://ift.tt/2TxF7jc

No comments:

Post a Comment

Pages