शेर्पा किदुग पोर्तुगलले लोसार ल्हप्सो पुजा आयोजना गर्ने - Informative Sherpa Portal

Informative Sherpa Portal

Linking Community Online

Breaking

Home Top Ad

Post Top Ad

Saturday, January 18, 2020

शेर्पा किदुग पोर्तुगलले लोसार ल्हप्सो पुजा आयोजना गर्ने

पोर्तुगलमा बसोबास गरिरहेका शेर्पा समुदायको साझा सस्था शेर्पा किदुग पोर्तुगलले बिगतका बर्षहरुझैं यस बर्षको लोसार ल्हप्सो पुजा आयोजना गर्ने भएको छ ।

ग्याल्बो लोसार च्याग-फो, चिवा-लो २१४७ को अवसरमा किदुगले अल्कासेर दो सालमा अवस्थित ‘थुप्तेन फुन्छोक गेफेलिङ’ गुम्बामा लोसार ल्हाप्सो पुजाको आयोजना २६ फेब्रुवरी २०२० मा गर्ने भएको छ । पोर्तुगलको राजधानी लिस्बोनबाट करीब १ सय २० किलोमिटरको दुरीमा रहेको कार्यक्रम स्थल सम्मा जाने र फर्किने बसको ब्यबस्था समेत रहेको जनाएको छ।

किदुगले आफ्नो अदिकारिक फेसबुक बाट सूचन जारी गर्दै पोर्तुगलबासी सम्पूर्ण लोसारप्रेमी महानुभावहरुलाई यस धार्मिक कार्यक्रममा उपस्थित भैदिनुहुन हार्दिक अनुरोध समेत गरेको छ।

The post शेर्पा किदुग पोर्तुगलले लोसार ल्हप्सो पुजा आयोजना गर्ने appeared first on .



from https://ift.tt/38lIoq2

No comments:

Post a Comment

Pages