COVID-19 बाट युरोपमा सबैभन्दा बढी मृत्यु UK मा - Informative Sherpa Portal

Informative Sherpa Portal

Linking Community Online

Breaking

Home Top Ad

Post Top Ad

Thursday, May 7, 2020

COVID-19 बाट युरोपमा सबैभन्दा बढी मृत्यु UK मा

युरोपमा कोरोनाभाइरसको संक्रमणबाट सबैभन्दा बढी ज्यान गुमाउने राष्ट्र बेलायत बनेको छ। बेलायतका विदेश मन्त्री डोमिनिक राबका अनुसार बिहिबारसम्म त्यहाँ ३०,६१५ जनाले ज्यान गुमाइकेका छन्।

यसअघि कोरोना भाइरसको संक्रमणबाट सबैभन्दा बढीको मृत्यु इटालीमा भएको थियो। अहिले भने त्यहाँ मृत्यु हुनेको संख्या २९,९५८ पुगेको हो। बिबिसीका अनुसार इटालीभन्दा बेलायतमा संक्रमण तीव्र गतिमा फैलिएको हो। तर संक्रमितको संख्या भने बेलायतको भन्दा इटालीमा बढी छ। इटालीमा २,१५,८५८ जनालाई कोरोनाभाइरसको संक्रमण भएको छ भने बेलायतमा २,०६,७१५ जना बिरामी परेका छन्।

अहिलेसम्म बेलायतले भन्दा बढी परीक्षण इटालीले गरेको बिबिसीले जनाएको छ। स्पेनमा इटाली र बेलायतमा भन्दा बढी संक्रमित छन् तर त्यहाँ मृत्यु हुनेको संख्या भने कम छ।
स्पेनमा दुई लाख ५६ हजार आठसय पच्पन्न संक्रमित छन् भने त्यहाँ २६ हजार सत्तरी जनाले ज्यान गुमाएका छन्। फ्रान्समा १,७४,७९१ जना संक्रमित छन् भने २५ हजार नौ सय सत्तासी जनाले ज्यान गुमाएका छन् ।

The post COVID-19 बाट युरोपमा सबैभन्दा बढी मृत्यु UK मा appeared first on .



from https://ift.tt/3ckndXS

No comments:

Post a Comment

Pages