भिसा सकिएका कामदारलाई देश छाड्न मलेसिया सरकारको निर्देशन - Informative Sherpa Portal

Informative Sherpa Portal

Linking Community Online

Breaking

Home Top Ad

Post Top Ad

Thursday, May 7, 2020

भिसा सकिएका कामदारलाई देश छाड्न मलेसिया सरकारको निर्देशन


मलेसिया । मलेसियन सरकारले जनवरी १ देखि यता भिसा अवधि सकिएका आप्रवासी कामदारलाई आ–आफ्नो देश फर्कन निर्देशन दिएको छ। मलेसियाको अध्यागमन विभागले जनवरी १ तारिखयता आवासीय भिसा समाप्त भएका नेपालीसहित विदेशी कामदारलाई आवागमन नियन्त्रण आदेश ९एमओसी० पनि सकिएको १४ दिनभित्र मलेसिया छाड्‍न निर्देशन जारी गरेको हो । मलेसियास्थित नेपाली दूतावासका अनुसार यसरी स्वदेश फर्कन चाहनेहरुले कुनै पनि जरिवाना तिर्नु नपर्ने र मे १२ देखि २६ सम्म स्वदेश फर्किसक्नुपर्न जनाएको छ ।


यसरी फर्किनेहरुले मलेसियाको अध्यागमन कार्यालयमा थप कागजात वा कुनै पास बनाउनुपर्ने छैन । दूतावासले जारी गरेको सूचनाअनुसार लकडाउन लागू हुनुभन्दा पहिले वा त्यही अवधिमा भिसा सकिएको र नवीकरण गर्नपर्ने भएमा मे १२ देखि एक महिनाभित्र कार्यालय समयमा मलेसियन अध्यागमन विभागको पुत्रजयास्थित मुख्य कार्यलयबाट गर्नुपर्ने भएमा पहिले नै एप्समार्फत समय र अनुमति लिनुपर्ने उल्लेख गरिएको छ।


मलेसियाले भिसासम्बन्धी लिइएको नयाँ नीतिबारे जानकारी दिँदै क्‍वालालम्पुरस्थित नेपाली दूतावासका अनुसार त्यस्ता कामदारलाई सिधै टिकट काटेर आफ्नो देश जान अनुमति दिइएको छ । मलेसियाको एमओसीमा आगामी मे १२ देखि सकिँदैछ । फिर्ता हुन चाहनेले अध्यागमन विभाग कार्यालयमा थप कागजात वा पास बनाउन आवश्यक नभएको दूतावासले जनाएको छ । उनीहरुले कुनै जरिवाना भने भुक्तानी गर्नुपर्ने छैन ।
भिषा नविकरणका लागि मोवाइलमा प्लेस्टोरबाट उयधभचत्र एप्स डाउनलोड गर्ने सकिने र पुत्रजया बाहेक अन्य राज्यमा आवेदन दिन परेमा https://ift.tt/2L9XxRE वइभसाइडमा लग इन गरी कार्यलय समयमा बुक गर्नु पर्नेछ ।

The post भिसा सकिएका कामदारलाई देश छाड्न मलेसिया सरकारको निर्देशन appeared first on .



from https://ift.tt/3cfTnDx

No comments:

Post a Comment

Pages