सामसुङ सबैभन्दा फास्ट प्रोसेसर बनाउँदै - Informative Sherpa Portal

Informative Sherpa Portal

Linking Community Online

Breaking

Home Top Ad

Post Top Ad

Thursday, May 7, 2020

सामसुङ सबैभन्दा फास्ट प्रोसेसर बनाउँदै


दक्षिण कोरियाली कम्पनी सामसुङ स्मार्टफोन बजारको नम्बर वान कम्पनी हो । तर सामसुङले स्मार्टफोन मात्र नभई अन्य धेरै खाले प्रडक्टहरू समेत उत्पादन गर्छ ।

सामसुङले उत्पादन गर्ने प्रोडक्टहरूमध्ये मोबाइल चिप्स पनि एक हो । सामसुङले भ्हथलयक ब्राण्डबाट मोबाइल चिप उत्पादन गर्दछ । यद्यपि मोबाइल चिपको बजारमा क्वालकोम तथा मिडियाटेक ब्राण्डका चिपहरू सामसुङका एक्जिनोस चिपभन्दा धेरै लोकप्रिय छन्। त्यतिमात्र नभै हुवावेको किरिन चिपसेट समेत सामसुङभन्दा अगाडि छ । तथापि अब निकट भविष्यमै यो परिदृश्य बदलिनेछ । सामसुङले मोबाइल चिपको क्षेत्रमा नयाँ तरंग सिर्जना गर्दैछ ।



सामसुङले निकट भविष्यमै आफ्नो नयाँ Exynos 1000 प्रोसेसर ल्याउँदैछ । यो मोबाइल प्रोसेसर अहिलेसम्म उपलब्ध सबै कम्पनीहरूका प्रोसेसरभन्दा तीन गुणा फास्ट हुनेछ । अर्थात् अहिले सबैभन्दा फास्ट प्रोसेसरको रुपमा रहेको क्वालकोम स्नापड्रागन ८६५ लाई सामसुङको यो नयाँ प्रोसेसरले पछाडि पार्नेछ र विश्वकै सबैभन्दा तीव्र गतिको मोबाइल प्रोसेसर बन्नेछ ।


एक्जिनोस १००० प्रोसेसरमा सामसुङको RDNA NPU प्रविधिको प्रयोग गरिनेछ। जुन प्रविधिलाई कम्पनीले गत जुन महिनामा मात्रै स्वीकृत गरेको हो । यो प्रविधिले प्रोसेसरलाई उच्च गतियुक्त बनाउँदछ ।

सामसुङको यो नयाँ प्रोसेसर यो अंग्रेजी वर्षको अन्त्य वा आगामी वर्षको सुरुवातसम्ममा सार्वजनिक हुने अपेक्षा गरिएको छ ।

काउन्टरप्वाइन्टको रिपोर्टअनुसार स्मार्टफोन एप्लिकेसन प्रोसेसरको क्षेत्रमा सामसुङ विश्वको तेश्रो ठूलो कम्पनी हो । जबकि एप्पल चौथो स्थानमा झरेको छ। खासगरी युरोप, ल्याटिन अमेरिका तथा भारतीय बजारमा सानदार बिक्रीसँगै सामसुङले मोबाइल चिपको बजारमा समेत आफ्नो पकड बढाउन सफल भएको हो ।

मोबाइल चिप मेकर कम्पनीमध्ये क्वालकोमा पहिलो स्थानमा रहेको छ । सन् २०१९ मा १।६ प्रतिशतको गिरावट व्यहोर्नु परेको भए पनि क्वालकोमले पहिलो स्थान गुमाउनु परेको छैन ।

गत वर्ष विश्वभर बिक्री भएका स्मार्टफोन एप्लिकेसन प्रोसेसरमध्ये एक तिहाइ क्वालकोम कम्पनीकै रहेका छन् । मध्यपूर्व र अफ्रिकालाई छाडेर अन्य सबै बजारमा क्वालकोमको दबदबा रहेको छ ।

-एजेन्सी

The post सामसुङ सबैभन्दा फास्ट प्रोसेसर बनाउँदै appeared first on .



from https://ift.tt/3dorCZD

No comments:

Post a Comment

Pages