कोरियामा भिसा सकेर अलपत्र परेका नेपालीले दिए दूतावासमा धर्ना - Informative Sherpa Portal

Informative Sherpa Portal

Linking Community Online

Breaking

Home Top Ad

Post Top Ad

Friday, May 29, 2020

कोरियामा भिसा सकेर अलपत्र परेका नेपालीले दिए दूतावासमा धर्ना

कोरियामा भिसा अवधि सकिएर नेपाल फर्कन नपाएका नेपालीहरुले नेपाल आउन पाउनपर्ने माग राख्दै त्यहाँस्थित दूतावासमा धर्ना दिएका छन् । आइतबार दूतावास पुगेर उनीहरुले कार्यवाहक राजदूत रामसिंह थापा र श्रम सहचारी डिल्ली राम बास्तोलालाई ध्यनाकर्षण गराएको हो ।

अलपत्र परेकामध्येका सुवास ढकालको नेतृत्वमा गएको टोलीले आफूहरुको भिसा सकिएको भन्दै तत्काल नेपाल जान पाउँ भनि आफ्ना माग राखेका थिए । उनीहरुले आइतबार दूतावससमक्ष आफूहरु नेपाल जानपर्ने भन्दै एक घन्टा धर्ना समेत दिएका छन् ।

कार्यवाहक राजदूत थापाले नेपाल सरकारले कुनै निर्णय नगरेकोले अहिले पहल गर्न नसकिएको बताएका थिए । दूतावसले सरकारले कुनै निर्णय नगरि कुनै सहयोग नहुने भन्दै फर्काएपछि उनीहरुमा झनै चिन्ता बढेको छ । संयोजक ढकालले भने, ‘हामी जि टू जि प्रक्रियाबाट आएको भन्दै सरकारले कुनै औपचारिक निर्णय नगरि नेपाल फर्कन पहन नगर्ने राजदूतले भन्नुभयो । उहाँले राष्ट्रमा संकट परेको बेलामा संयमित हुनुपर्ने र धैर्य गर्नुपर्ने भन्दै फर्काउनुभयो ।’ साथै, खान बस्नका लागि समस्या भएमा एनआरएनए कोरियालाई सम्पर्क गर्नका लागि राजदूत थापाले भनेको बताए ।

‘भिसा सकिनेहरुको पहिलो चरणमा ५० दिन थपेको थियो । त्यसपछि ५ दिन थपेको छ ।’ उनले भने, ‘यो थपेको समय सकिएपछि इमिग्रेसनले शरणार्थी भिसा १ महिनालाई दिएको छ । हामी भिसा थप्न जाँदा ‘तेरो देश छैन, कति भिसा थप्न आएको भन्दै कर्मचारीले नै हप्काउँछन् ।’ उनीहरुले जसरी पनि नेपाल सरकारले आफूहरुको उद्धार गर्न माग गरेका छन् ।

चार वर्ष १० महिनाको भिसा अवधि सकिएपछि वैधानिक रुपमा काम गर्ने अनुमति नहुँदा र नेपाल फर्किन नपाउँदा नेपालीहरुले समस्यामा भोग्नुपरेको छ ।

खान बस्न अहिले नेपाली ५० हजार खर्च हुने उनीहरुको गुनासो छ । कोरिया सरकारले वैधानिक रुपमा बसेका विदेशीले पनि अनिवार्य रुपमा नेपाली १२ हजार इन्स्योरेन्स तिर्नपर्ने भएकाले झनै समस्या परेकाले आफूहरुको उद्दार गर्न उनीहरुले माग गरेका छन् । भिसा सकेर विदेशी भूमिमा अलपत्र आफूहरुजस्तै सबैको उद्दार गर्न उनीहरुको अपिल छ । उद्दारमा लाग्ने सबै खर्च, नेपाल आएर क्वारेन्टाइनमा लाग्ने खर्च लगायतको खर्च आफैंले गरेर भएपनि नेपाली भूमिमा फर्काइदिन पहल गर्नका लागि उनीहरुले अनुरोध गरेका छन् ।

कोरियामा आफूहरुले कमाएको पैसा नेपालमै खर्च गर्न पाउँदा राम्रो हुने भन्दै उनीहरुले सरकारसमक्ष कोरियामा अलपत्र परेका नेपालीहरु ल्याउनका लागि अनुमति मिलाइदिनपर्ने माग अलपत्र परेका नेपालीहरुले राखेका छन् । सबै देशले महामारीको बेलामा आफ्नो देशको नागरिक लगिरहेको भन्दै नेपालले पनि आफूहरुको उद्दारका लागि पहल गर्नुपर्ने उनीहरुको भनाई छ । सरकारले कोरियामा नै कोरोना भाइरसको परीक्षण गरेर अनुमति दिएपनि हुने बताएका छन् ।
-Fonij Korea

The post कोरियामा भिसा सकेर अलपत्र परेका नेपालीले दिए दूतावासमा धर्ना appeared first on .



from https://ift.tt/3gCOCqg

No comments:

Post a Comment

Pages