काेराेना परिक्षण सामग्री खरिद गर्न महाबीर पुनलाइ जापानबासी नेपालीहरुकाे उत्साहजनक सहयाेग - Informative Sherpa Portal

Informative Sherpa Portal

Linking Community Online

Breaking

Home Top Ad

Post Top Ad

Saturday, May 30, 2020

काेराेना परिक्षण सामग्री खरिद गर्न महाबीर पुनलाइ जापानबासी नेपालीहरुकाे उत्साहजनक सहयाेग

फुर्वा शेर्पा /हिमाली शन्देश ,टोकियो, महावीर पुनले संचालन गरेकाे आविस्कार केन्द्रलाई, कोरोना परिक्षणमा प्रयोग हुने सामग्री निर्माणका लागि एनआरएनए जापानले आवाश्यक रकम संकलनमा प्रकृया अघि बढाएको छ ।

नेपालमा कोरोनाको परीक्षण गर्न नाक र घाँटी बाट स्वाबको नमुना लिंदा चाहिने प्लास्टिकको सामग्री (सुईरो)को अभाव भएको र उक्त सामग्री बनाउने उपकरण खरिद गर्नका लागि, राष्ट्रिय आविस्कार केन्द्र (National Innovation Center) ले एनआरएनए (NRNA)जापानलाई आवस्यक सहयोगको लागी आधिकारीकरुपमा पत्र पठाई अनुरोध गरेको थियो । अभियानकाे सफल बनाउन NRNA जापानले आफ्नाे क्षेत्रिय समिति ,जापानमा रहेका बिभिन्न संघसंस्था ,ब्यापारी र अन्य ब्यक्तिहरुबाट उत्साहजनक रुपबाट सहयाेग प्राप्त भएकाे एनआरएनए जापानका महासचिव जनक बिक्रम शाहीले जानकारी दिनुभयाे ।

स्वाबको नमुना लिंदा चाहिने प्लास्टिकको सामग्री (सुईरो)को अभाव भएको र उक्त सामग्री बनाउने उपकरण १३ लाख १२ हजार ८० जापानी येन पर्ने बताइएकाे छ ।
आवस्यक सहयोग गर्न इच्क्षुक जापानवासी सम्पूर्ण संघ संस्था, व्यवसायी, बुद्दिजीवी तथा दाजु भाई दिदी बहिनी हरुले एनआरएनए जापानको जेपी बैंक खाता
10930-13431561 मा डिपोजिट गरिदिन समेक अनुरोध गरेको छ ।

The post काेराेना परिक्षण सामग्री खरिद गर्न महाबीर पुनलाइ जापानबासी नेपालीहरुकाे उत्साहजनक सहयाेग appeared first on .



from https://ift.tt/36IWUZ8

No comments:

Post a Comment

Pages