कोरियामा कोरोना भाइरसको प्रकोप बढ्न थाले - Informative Sherpa Portal

Informative Sherpa Portal

Linking Community Online

Breaking

Home Top Ad

Post Top Ad

Friday, May 29, 2020

कोरियामा कोरोना भाइरसको प्रकोप बढ्न थाले

दक्षिण कोरियामा कोरोना भाइरसको प्रकोप पुनः बढ्न थालेपछि सरकारले सार्बजनिक स्थलहरु बन्द गर्ने निर्णय गरेको छ l पछिल्लो समय कोरियामा लोकप्रिय बनेको अनलाइन सपिंङ कुपाङ बाट सामुहिक संक्रमण फैलिन थालेपछि सरकारले सो निर्णय गरेको हो l

शुक्रबार देखि लागु हुनेगरी दुइ हप्ताको लागि बन्द गरिने स्थानहरुमा राजधानी सियोल इन्छन तथा ख्याङ्गिदोमा रहेका संग्रालय , पार्क ,थिएटर , ब्युटी पार्लर , रात्रि क्लब ,आर्ट ग्यालरी आदि छन् l

त्यसैगरी जुन १४ सम्मको लागि सभा ,सम्मेलन तथा सार्बजनिकरुपमा भिडभाडहुने कार्यक्रमहरु पनि बन्द गर्ने निर्णय गरेको छ l अबस्था हेरिकन उक्त समय समेत लम्ब्याउन सक्ने स्वास्थ्य मन्त्रालयले बताएको छ l

कोरिया रोग नियन्त्रण केन्द्रका अनुसार गत २३ तारिख देखि अनलाइन सपिंङ कुपाङ बाट फैलिएको सामुहिक संक्रमणबाट हाल सम्म १ सय जना संक्रमित भैसकेका छन् भने उनीहरुसंग सम्पर्कमा आएका ३६ सय भन्दा धेरैको स्वास्थ्य परिक्षण गरिएको छ l

कोरियामा शुक्रबार थपिएका ५८ जना नयाँ संक्रमित मध्ये ५५ जना अनलाइन सपिंङ कुपाङ संग सम्बन्धित छन् l हाल सम्म कुल संक्रमितको संख्या ११ हजार ४ सय २ छ भने निको हुनेको संख्या १० हजार ३ सय ६३ पुगेको छ l त्यसैगरी मृत्यु हुनेको संख्या २ सय ६९ छ l

The post कोरियामा कोरोना भाइरसको प्रकोप बढ्न थाले appeared first on .



from https://ift.tt/2ZTMW5R

No comments:

Post a Comment

Pages