हङकङमा २५६४ औ बुद्ध जयन्ती कार्यक्रममा आयाेजन हुदै - Informative Sherpa Portal

Informative Sherpa Portal

Linking Community Online

Breaking

Home Top Ad

Post Top Ad

Tuesday, May 5, 2020

हङकङमा २५६४ औ बुद्ध जयन्ती कार्यक्रममा आयाेजन हुदै

उर्गेन दोर्जे क्षोलिङ बुद्धिस्ट सेन्टरले सन 2020 मे 7 तारिकको दिन विश्व शान्तिका महानायक एवं महाकरूणिक शाक्यमुनि बुद्धको जयन्ती कार्यक्रम मनाउने भएकाे गरेको छ ।

बैशाख पूर्णिमा जुन दिन सबैले शुद्ध मनले बुद्धको जन्म, बुद्धत्व प्राप्ति तथा निर्वाणलाई र्हदयंगम गर्दै शक्यमुनि बुद्धको गुण स्मरण गरेर आफु उक्त शिक्षाबाट बिचलित नहोऊन भनेर र यसै शुभदिनमा केही शुभ कार्य गरौं भन्ने सुविचारबाटै प्रेरित भएर बुद्ध जयन्ती मनाउने भएको हो ।

हङकङ सरकारबाट जारी गरिएको निर्देशन अनुसार भीडभाड हुने सभा सम्मेलन तथा गोष्टि आदि कार्यक्रमको आयोजना गर्न रोक लगाएको कुरालाई ध्यानमा राख्दै बुद्ध जयन्ती भब्यरूपमा भने आयोजन गरिने नगर्ने अायाेजकले बतएकाे छ। यतिखेर विश्वभर महामारीको रूपमा फैलिएको कोरोन भाईरस पनि अलि कम भएको, बौद्धहरूको सबै भन्द ठूलो पर्व पनि हो र विगत लामो समयदेखि वार्षिक रूपमा निरन्तर मनाउदै आएकोले यस बर्ष पनि नछुटाउने हेतुले केवल दर्शन गर्ने, बुद्ध स्नान (नुहाउने) र दिप प्रज्वलन आदि कार्यक्रम हुने आयोजकले बतएका छन ।

कार्यक्रममा आउनेहरूले अनिवार्य मस्क लगाउनु र ज्वरो, खोकी आदि समस्य भए आफु र अरू दुबैको हितार्थ घरमै रहन पनि अायाेजकले अनुराेध गरेकाे छ

The post हङकङमा २५६४ औ बुद्ध जयन्ती कार्यक्रममा आयाेजन हुदै appeared first on .



from https://ift.tt/35EUevk

No comments:

Post a Comment

Pages