जापान सरकारले घाेषणा गरेकाे राहतबाट खुसी नेपाली समुदाय - Informative Sherpa Portal

Informative Sherpa Portal

Linking Community Online

Breaking

Home Top Ad

Post Top Ad

Sunday, May 31, 2020

जापान सरकारले घाेषणा गरेकाे राहतबाट खुसी नेपाली समुदाय

अहिले काेराेना भाइरसकाे संक्रमणले बिश्व मानव जगतलाइ नै त्रसित बनाइरहेकाे छ ।याे भयाबह परिस्थितिकाे कारण जापानबासी नेपालीहरुकाे दैनिकीमा समेत प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा प्रभाव पारिसकेकाे छ ।अंग्रेजी नयाँ बर्षकाे सुरुवात संगै छिमेकी राष्ट्र चीनबाट फैलिएकाे काेराेना भाइरस जापानमा केही महिना पछि देखापर्न थालेकाे थियाे ।जापान सरकारले सुरुवाती दिनहरुमा बेवास्ता गरिएकाे हाे कि भनेर धेरैले चिन्ता लिइसकेकाे अवस्था थियाे । जापानले चीनकाे बुहानबाट उद्दार गरेर ल्याइएका खानागावा प्रान्तमा बस्ने ३० बर्षीय युवा । ( जो चिनिया नागरिक हुन् ) मा जनवरी १६ तारिख कोरोनाको संक्रमण पुष्टी भए संगै जापानमा कोरोना भाइरसको प्रवेश भएको मानिन्छ ।संक्रमितहरुकाे संख्या दिनानुदिन बढिरहेपनि जापान सरकार लगडाउन गर्ने तरखरमा थिएन तर चाैतर्फी रुपमा आलाेचना खेप्नुपरेपछि अन्तत जापानका प्रमले अप्रिल ५ गतेबाट टाेक्याे सहित ७ प्रिफेक्चरमा आपतकाल घाेषणा गर्ने निर्णय गरेकाे थियाे ।जतिखेर सम्म जम्मा ९१ जनाकाे मृत्यु भैसकेकाे थियाे । टोकियो, चिबा, साइतामा, खानागावा, ओसाका, ह्योगो, फुकुओका, आईची तथा होक्काईदोमा जस्तै अन्यत्र पनि संक्रमितहरुकोसंख्या बढ्दै जाँदा ४७ वटै प्रान्तहरुमा आपतकाल घोषणा गरि प्रभावकारी नियन्त्रण गर्न आवश्यक रहेकाले सरकारले आपतकाल घाेषणा संगै जापानमा रहेका सम्पुर्ण जापानी लगायत बिदेशीहरुलाइ समेत मध्यनजर गरी बिभिन्न राहत प्याकेजहरु घाेषणा गरेकाे थियाे ।आपतकाल घाेषणामा केही ढिलाइ गरेपनि राहत प्याकेज तथा अन्य सुविघाहरु दिने निर्णयकाे सबैले स्वागत गरेकाे थियाे । जापानमा कोरोना भाइरसको संक्रमण बढ्दै गएपछि, थप फैलिनबाट रोक्न लगाइएको आपतकाल मे २५ तारिखबाट पूर्णरुपमा हटाईएकोछ ।विज्ञहरुको विश्लेषणमा आधार मानी तय गरिएको मापदण्ड अनुसार नयाँ संक्रमण घटेकाले टोकियो लगायत अन्य बाँकी रहेकाप्रिफेक्चरहरुबाट आपतकाल हटाइएको हो ।
आपतकाल हटाइएसंगै व्यवसायहरु खुल्न र घर बाहिर निस्कन नागरिकहरुलाई कुनै रोकतोक भने रहने छैन भने, उच्च सतर्कता अप्नाउन भने सुझाईएको छ । यो संगै जापानले पहिलो चरणको कोरोना संक्रमण नियन्त्रण गर्न सफल भएको छ ।

याे समाचार तयार पार्दा सम्म जापानमा हालसम्म (२०२०/५/३१सम्ममा )१६८०४जना संक्रमित मध्ये८८७ जनाकाे मृत्यु भएकाे छ भने १४४०६ जना रिकाेभर भएकाे worldometer काे तथ्यांकले देखाएकाे छ ।

जापानमा ९० हजारकाे हाराहारीमा रहेका नेपालीहरु काेराेनाकाे कारण धेरैले राेजगारी घुमाइसकेका छन ।धेरै बिध्यार्थीहरुकाे अध्ययनमा असर पारिसकेकाे छ ।नेपाल फ़र्क़न चाहने र नेपाल बिदामा गएका नेपालीहरु अलपत्र परेका छन ।रेष्टुरेन्टमा कार्यरत नेपालीहरु,डिपेन्डेन्ट भिषामा रहेका नेपाली लगायत सबै जापानबासी नेपाली काेराेना संक्रमणकाे भयका बीच नचाहेरपनि बाध्यताले काम गरिरहेका छन ।बिशेष गरी पार्ट टाइम काम गर्ने जापानका नेपाली बिध्यार्थीहरुकाे काेराेनाकाे कारण काम गर्ने समय घटेकाे छ ।कलेज बन्द भएपनि फि तिर्नुनै पर्ने भएकाेले पार्ट टाइम काम गरेर कलेज फि तिर्नुपर्ने बिध्यार्थीहरुलाइ गाह्राे भैरहेकाे छ ।त्यस्तै डिपेन्डेन्ट नेपालीहरु कार्यरत अघिकाँश कम्पनिहरुले कामकाे सिफ्ट नदिएकाे कारण कामकाे खाेजीमा दिनहु भैतारिरहेकाे पाइन्छ ।रेस्टुरेन्ट ,हलालफुड ,रेमिट ,ट्राभल लगायतका ब्यबसाय संचालन गरिरहेका नेपालीहरुपनि ब्यापार ब्यबसाय बन्द गर्नुपरेकाेले समस्यामा परेकाे छ ।कम्पनिमा स्टाफ (स्याइन)काे रुपमा कार्यरत नेपालीहरुपनि कम्पनी बन्द भएर अरु कम्पनीकाे खाेजीमा रहेकाे ,बन्द नै नभएका कम्पनिहरुले पनि बेतलबी बिदा ,६० % तलब पाउने शर्तमा बिदा ,काम गरेपनि थाेरै तलबमा काम गर्नुपर्ने जस्ता बाध्यताले जापानमा नेपाली समुदायका नेपालीहरु काेराेना संक्रमणकाे भयसंगै राेजगारकाे चिन्तामा रहेकाे पाइन्छ ।
जापानको सन्दर्भमा ६ जना नेपालीमा कोरोणा भाईरस संक्रमण देखिएको र संक्रमितको अबस्था सामान्य रहेको खबरहरु पनि आएको अबस्था छ । हाल सम्म यस भाइरसको कारण करिब ८ सय जना भन्दा बढीले ज्यान गुमाए तर जापानवासी नेपालीमा कुनैपनि मानविय क्षेती नहुनु भनेको सबै नेपाली सुरक्षीत छन् भन्ने बुझिन्छ । हुनत पछिल्लो चरणमा जापानमा कोभिड -१ ९ कोरोणा भाईरस संक्रमितको संख्या दैनिक रुपमा सुधार हुदै आएको छ । तर यसको प्रभावले रोजगारबाट बञ्चित भई दैनिक जीविकोपार्जनमा समस्या भएका पिडितको संख्या बढ्ने क्रममा छ र यसको प्रभाव लम्बिन सकिने देखिन्छ ।

-के गर्दै छ जापानमा नेपाली संघसंस्थाहरुले नेपालीहरुकाे लागि ?
जापानमा काेराेना संक्रमितकाे संख्या दिनानुदिन बढ्दै गएपछि गैरआवसीय नेपाली संघ एनआरएनए र नेपाली राजदुताबास टाेक्याेले आपतकालिन राहत सहयाेग समिति गठन गरेकाे छ । नेपाली राजदूतावास , एनआरएनए तथा जापानस्थित विभिन्न सकृय संघ संस्थाहरुको सहभागीतामा भिडियो कन्फ्रेंसको माध्यमबाट सम्पन्न अनलाईन बैठकको निर्णय अनुसार सो, सर्वपक्षिय समिति गठन गरिएको हो । नेपाली समुदाय कोभिड -१ ९ आपतकालीन सहयोग समिति जापान को प्रमुख संरक्षकमा राजदूत प्रतिभा राणा रहनेगरी बिभिन्न समितिहरु निर्माणगरी नेपालीहरुलाइ सहयाेग गर्दै आइरहेकाे छ ।

समितिले, कोरोना भाईरस संक्रमण र सुरक्षाका निम्तिसुचना प्रवाह तथा जनचेतना अझै ब्यापक गराउने, जापानसरकारले उपलब्धगराउने राहत अथवा सुबिधाको वारेमानेपाली समुदाय अझै प्रवाभकारी रुपमा सुसुचित गर्ने ।बिदामा नेपाल गएका र जापान फर्किन नसकेकानेपालीका साथै जापानबाट नेपाल फर्कन चाहनेनेपालीहरुको लागि के व्यवस्था गर्न सकिन्छ त्यसकोलागि आवसश पहल कदम चाल्ने, भिषाको समस्याभएका नेपालीहरुको निम्ति दूतावासले नेपाल लगायतजापानका सम्बन्धित निकायहरुसंग अझै बिशेष पहल गर्नेजस्ता सामूहिक हितमा कार्य गर्दै आइरहेकाे छ । नेपाली दुताबास टाेक्याेकाे पहलमा हवाइ उढान मार्फ़त जापान ल्याउन पहल भएकाे छ । नेपाली दुताबास टाेक्याेकाे पहलमा विश्वव्यापी महामारीको बेला, आपतमा परेका मानिसहरुलाई सहयोग गर्ने उदेश्यले हवाइ उडान सुरु गरेकाे छ । जापान आउनका लागि श्रम ईजाजत समयावधि बाँकी भएका तथा विद्यार्थी सहित अन्य भिषामा रहेर जापान आउन स्विकृत पाएकाहरुलाइ सहयाेग गर्न काठमाडौँको दरबारमार्गमा रहेको सिरिन ट्राभल्स प्रालीले जापानस्थित चार्टर्ड फ्लाईटअनुमतिको प्रक्रिया थालिएको थियाे ।
उडान अनुमति लिनका लागि दुतावासले आवस्यक सहयाेग र पहल गरिएकाे थियाे ।जापानमा हाल सम्म बिभिन्न जम्मा ५ वटा उडान भएकाे छ ।जसमध्ये ५ वटा टाेक्याेमा र एउटा उडान फुकुअेाकामा भएकाे बताइएकाे छ ।

#एनआरएनए जापानले जापानबाट नेपाल जान तथा नेपालबाट तत्काल जापान आउन चाहने नेपालीहरुको सहजिकरणका लागि गैरआवासीय नेपाली संघ जापानले तथ्यांक्क संकलन गरि एनआरएनए आईसीसी तथा नेपाली राजदूतावासलाई बुझाएको छ । संघले जारी गरेको विज्ञप्तीका अनुसार, विश्वव्यापी फैलिएको कोरोना भाईरसका कारण समस्यामा परी जापानबाट नेपाल र नेपालबाट जापान आउन अफ्ट्यारोमा परेका नेपालीहरुलाई मध्य नज़र गरी गैरआवासीय नेपाली संघ जापानले नेपाल सरकारको ध्यान आकर्षित गर्न समस्यामा परेकाहरुको नाम लिष्ट तयार गरी नेपाली राजदूतावास तथा गैरआवासीय नेपाली संघ अन्तराष्ट्रीय समन्वय परिषद मार्फत नेपाल सरकारलाई बुझाईएको हो ।

अनलाईन सर्वेक्षण गर्दा नेपाल जान तथा नेपालबाट आउन चाहनेहरुको संख्या अधिक देखिएकाले, सम्बन्धित निकायमा प्रत्यक्ष फोन सम्पर्क गरी यस बिषयमा छलफल गर्दा तत्काल नेपालमा रही बिभिन्न समस्याले जापान आउनुपर्नेहरुका लागि निजी कम्पनीलाई अनुमती दिएको र यो कोरोना भाईरस विश्वब्यापी रुपमा समस्या भएका कारण अन्य देशमा नेपाली नागरिकहरूलाई अझ बढी जटिल परिस्थिति आएकाले नेपालमा पनि आवाश्यक वातावरण सिर्जना गरी अति समस्यामा परेकालाई प्राथमिकताका साथ केही मापदण्ड निर्धारण गरी नेपाल लैजाने छलफल भैईरहेको बताईएको छ ।साथै एनआरएनए जापानकै सहयाेगमाा नेपालबाट जापान आएका बिध्यार्थीहरुलाइ एयारपाेर्टदेखि गन्तब्य सम्म पुर्याउन आवस्यक सवारी साधानकाे ब्यबस्था गरी सहयाेग गरेकाे छ ।भर्खरै जापान आएका नेपालीहरुलाइ एनआरएनएबाट सहयाेग प्राप्त भएपछि धेरैजना लाभान्वित भएकाे देखिन्छ ।हालसम्म भएकाे ५ वटा उडानमा जम्मा १२९१ जना नेपालीहरु जापान आएकाे एनआरएनए अध्यक्ष देवीलाल भण्डारीले जानकारी दिनुभयाे ।

नेपाल पत्रकार महासंघ जापान शाखाले जापानबासी नेपालीहरुलाइ काेराेना संक्रमणबाट बच्न बचाउनका लागि आवस्यक जानकारी र महत्वपुर्ण सुचना ,जानकार ब्यक्तिहरुसंग गरिएकाे प्रत्यक्ष अन्तरकृया ,कुराकानी हरेक आइतबार महासंघकाे फेसबुक पेजबाट प्रसारण गर्दै आइरहेकाे छ । गत अप्रिलकाे ५ तारिखबाट मे महिनाकाे ३१ तारिख सम्म जम्मा ९ वटा लाइभ कार्यक्रमहरु संचालन गरी जापानबासी नेपालीहरुलाइ बिभिन्न जानकारी तथा सुचना दिएर सुसुचित गरेकाे पत्रकार महासंघ जापानका अध्यक्ष माेहन घले जानकारी दिनुभयाे ।लाइभ कार्यक्रममा महासंघका पदाधिकारीहरु तथा पत्रकार राजन गाैतम ,अर्जुन लामिछाने ,इन्दिरा खनाल ,दिपक गाैतम ,बिश्वास आचार्य ,पुर्ण चलाउने ,कृष्ण अधिकारी गरी ८ जना पत्रकारहरुले पालैपालाे कार्यक्रम संचालन गरेकाे जनाएकाे छ। ।

#जापानमा कोरोनाको प्रभावका कारण समस्यामा परेका नेपालीहरुलाई राहतवितरण सुरु गरेको ग्लोबल होम नेटवर्कले, ९८ जना समस्यामा परेका जापानवासी नेपालीहरुलाई सहयोग गरेको छ । ग्लोबल होम नेटवर्कले अप्रिल २१ तारिखबाट सुरु गरेको, कोभिड-१९ राहतवितरण अभियानमा जम्मा ९८ जनालाई चामल ५ केजी २ ओटा मस्क र १ केजी दाल तथा उक्त राहत प्याकेज अनुसारको रकम(विशेष गरि टोक्यो भन्दा बाहिर चिबा, कानागावा, क्योटो , गुम्बा , इबाराकी र ओसाका जहा दुरीको हिसाबले हुलाकबाट पठाउन धेरै रकम लाग्ने र सुपरमार्केट समेत नभएका स्थानका लागि २००० देखी ५०००येन रकम) बितरण गरिएको छ।

#जापानमा रहेका धादिङ् बासीहरुकाे साझा संस्था धादिङ् समाज जापानले १० सदस्यीय ‘कोरोना संक्रमण सहयोग तथा समन्वय समिति ‘गठन गरेको छ । जापानवासी नेपालीहरुमा कसैमा केहि समस्या परेको छ र सम्बन्धित निकायसम्म पुग्न कठिनाई महशुस भएको खण्डमा सहयाेग गर्ने उदेश्यले अध्यक्ष कृष्ण खनालको संयोजकत्वमा ११ सदस्यीय समिति गठन गरेकाे छ ।

#कास्कि पोखरा समाज जापानले जापानमा रहेका नेपालीहरुलाई कोरोना भाईरस बिरुद्ध एकजुट गर्न अनलाईन तथ्याङक (डाटा) संकलन शुरुवात गरेको छ ।
कास्कि पोखरा समाज जापानका अध्यक्ष बिकास श्रेष्ठका अनुसार कोरोना भाईरस (कोभिड-१९) को शुरुवात भएपछि जापानबासि नेपालीहरुमा कोरोना भाईरसका बारेमा डर र त्रास भएपनि यसका लक्षण पत्ता लगाउन सजिलो नभएको गुनासो आए पछि प्रश्न सहितको अनलाईन फारम बनाई तथ्यांक संकलन शुरु गरिएको हो ।यस तथ्यांक्कले कोरोना भाईरस लागेको पत्ता लगाउन मद्दत पुर्याउने छ, भने सक्रमणको आशंक्का गरिएको ब्यक्तिको पहिचानमा पनि सहजता मिल्ने बताइएकाे छ ।

#नेपाल आदिबासी जनजाति महासंघ(नेफिन ) जापानले पनि नेफिन जापान कोभिड-१९ सहयोग समिति गठन गरेकाे छ । नेफिन जापानका अध्यक्ष सुमन लिम्बूकाे अध्यक्षतामा हालै बसेको अनलाइन बैठकले नेफिन जापानकाे क्षेत्रिय समिति ,जापानमा रहेका एकल जातिय संस्थाहरु सदस्य रहने गरी समिति निर्माण गरिएकाे अध्यक्ष लिम्बुले बताउनुभएकाे छ ।

#२५ औं बसन्त पार गरि २६ बर्षमा प्रवेश गरेको “ तमु धीं जापान ” जापानको पुरानो र कृयशिल संस्था तमु धी जापानले अध्यक्ष सौगात गुरुङको संयोजकत्वमा ७ सदस्यीय सहयोग समिति गठन गरेको छ । जापान सरकारले दिने बिभिन्न सेवा तथा सुबिधाहरुमा भाषागत तथा विभिन्न समस्यले सेवा लिन नसकिरहेका गुरुङ तथा गैर गुरुङहरुको सेवा र सहयोगको लागि समितिले सहयाेग गर्ने तमु धिं जापानले जनाएको छ । कोहि कसैलाई समस्या परेकाे खण्डमा तमु धीं जापान कार्यसमितिको सम्पूर्ण सदस्यहरुसँग फोन गरेर जुनसुकै बेला परामर्श लिन पनि आग्रह गरेकाे छ ।
#नेपाल तामाङ समाज,जापानले काेराेना संक्रमित जापानबासी नेपालीहरुकाे सहयाेगार्थ आपतकालिन सहयाेग समिति गठन गरेकाे छ । जापानमा काेराेना संक्रमित संख्या दैनिक रुपमा सुधारउन्मुख रहेकाे र जापानबासी नेपालीहरुकाे अबस्था सामान्य भएपनि काेराेनाकाे कारण राेजगारबाट बन्चित भइ जीविकाेपार्जनमा समस्या भएका पीडितहरुकाे संख्या बढिरहेकाे सुचनामा उल्लेख गरिएकाे छ । जापानमा केाराेनाकाे प्रभाव लम्बिन सकिने अबस्थाकाे मध्यनजर राख्दै समाजले हालै अध्यक्ष रुविना तामाङकाे संयाेजकत्वमा १० सदस्यीय सहयाेग समिति गठन गरेकाे छ । समाजले केन्द्रिय समिति सहित च्युबु क्षेत्रीय समिति ,क्युस्यु क्षेत्रीय समिति ,किताकान्ताे क्षेत्रीय समिति ,अेाकिनावा क्षेत्रीय समिति रहने गरी समिति निर्माण गरिएकाे समाजले जनाएकाे छ ।

काेराेना कहरका बीच खुसी रहेका जापानबासी नेपाली समुदाय जापान सरकारले आपतकाल घाेषणा संगै ल्याएकाे राहत तथा अन्य सुबिधा पाउने भएपछि जापानबासी नेपाली समुदाय राहत महसुस गर्दै खुसी रहेकाे पाइन्छ । प्रति घर २ वटा माक्स र प्रति ब्यक्ति १०मान येन दिने ,बिध्यार्थीहरुलाइ छुट्टै राहत रकम दिने ,बिभिन्न ब्यापार ब्यबसाय गरिरहेकाहरुलाइ छुट्टै राहत लगायतका सुबिधाकाे घाेषणा भएपछि धरासायमा परेका ब्यापारीहरुलाइ थाेरै भएपनि राहत पुग्ने बताइएकाे छ। ।त्यस्तै काेराेनाकाे कारण आम्दानीमा ह्रास आएकाे (रिफ्युजी ,ज्युन्बी भिषा )बाहेकका भिषामा रहेका नेपालीहरुले पनि बिना ब्याज कर्जा लिन पाउने ,।काम घुमाएका जाे सुकैले २८ घण्टा पार्ट टाइम काम गर्न मिल्ने ,अवस्था हेरा काेठा भाडामा मिनाहा गर्ने तथा घटाउने ,बत्ती पानी र ग्याँसकाे बिल केही महिना पछि तिरेपनि हुने लगायतका सुबिधाहरु दिने भएपछि जापानमा नेपालीहरुलाइ अन्य देशहरुमा रहेका नेपालीहरुलाइ जस्ताे आर्थिक रुपमा समस्या नपर्ने देखिन्छ ।

(याे सामग्री एनआरएनए जापान र पत्रकार महासंघकाे सहयाेगमा तयार पारिएकाे हाे ।काेराेना राहत संकलन समितिमा छुटेका संघसंस्थाहरुले जानकारी गराइ सहयाेग गर्नुहाेला )

The post जापान सरकारले घाेषणा गरेकाे राहतबाट खुसी नेपाली समुदाय appeared first on .



from https://ift.tt/2MhEuFI

No comments:

Post a Comment

Pages